ब्रिक्स सम्मेलनमा नेपालको सफलता:पहिलो सार्थक कुटनीति


प्रकाशित मिति : कार्तिक १, २०७३ सोमबार

– पुरुषोत्तम ढकाल

प्रधानमन्त्री प्रचण्डले यस पटक हिन्दुस्तानमा आयोजित ब्रिक्स सम्मेलनमा भूगोलको वाध्यकारी अवस्थाको मध्यमार्गी, सन्तुलित र नेपाल राष्ट्रको दिर्घकालिन हित हुने पहिलो सार्थक कुटनीतिलाई सफल पारेका छन् ।

नेपाललाई आ-आफ्नो शुरक्षा सम्बेदनशिलता देखाएर त्रिपक्षीय संवादलाई तिरष्कार गर्दै आएको दक्षिणको भारत र उत्तरको चीनलाई एकै थलोमा राखेर संवाद गर्ने दाहालको साहस र कुटनीतिक चातुर्यताले नेपाल राष्ट्रको दिर्घकालिन हित र सम्मान सहितको त्रिपक्षीय हितको मार्ग प्रसस्त गरेको छ ।

छबिलालले देशको दुर्गतिका लागि प्रचण्ड बनेर यान प्रसादको सुरा सुन्दरी देखि दुवै छिमेकीलाई पालै पालो दुरुपयोग गरेर हत्या, हिंसा मार्फत गरेको सत्ता राजनीतिको दृष्टान्त भयाबह थियो जसको मूल्य नेपाल राष्ट्रले लामो कालखण्डसम्म ब्योहोरी रहने छ । एसडी मुनिलाई साक्षी राखेर भारतीय सद्भावमा सुरु गरिएको द्वन्दले पनि सत्ता नटिके पछि उत्तरको छिमेकीसंग लहसिएर करोडौ पैसोमा सांसद किनबेच गर्ने तहमा ओर्लिएका प्रचन्डले क्षमा योग्य काम गरेका छन् गोवाको ब्रिक्स सम्मेलनमा पुष्पकमल दाहाल बनेर ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाल राष्ट्रको दिर्घकालिन हितका लागि दुई छिमेकीलाई संगै राखेर त्रिपक्षीय संवाद गर्न सफल हुनु उनको राजनीतिक जिवनका लागि मात्र होइन दुई छिमेकीको टकरावमा अल्झिएको नेपाललाई सहि निकास दिने कुटनीतिक यात्राको सुरुवात गरेका छन् र यहि बाटोनै नेपाल राष्ट्रको हितमा छ ।

हेक्का रहोस कुटनीति राष्ट्रको आकार अनुसारको हुन्छ र भावनाले दुई आर्थिक महाशक्ति हाम्रो हुँदैनन् । हो उनीहरुको सुरक्षा सम्बेदनशिलताको कारण नेपाल उनीहरुको सदैव चासो र सरोकारको विषय बनिरहने छ । नेपालले आफ्नो समृद्धिको मुद्धामा दुवै छिमेकीलाई स्वीकार्य हुने बाटो मार्फत आफ्नो आर्थिक र राजनीतिक मुद्धालाई समाधान गर्दै दुई छिमेकीको समृद्धिको लाभ लिनको लागि कोशे ढुङ्गो हो त्रिपक्षीय छलफलको प्रारम्भ ।

ब्रिक्स सम्मेलनमा पुष्पकमल दाहालले प्राप्त गरेको अतुलनिय कुटनीतिक सफलतालाई नेपाल राष्ट्रले दुई छिमेकी संग गर्ने लेन देन संवाद, सन्धि र समझदारीको लागि समेत मार्ग प्रसस्त गरेको छ । हेरौ आउदा दिनमा यो बाटो पछ्याउन राष्ट्रिय राजनीतिका मुख्य खेलाडी काँग्रेस, एमाले तयार हुन्छन हुन्नन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com