एनआरएन अमेरिकाका सचिवको आरोपप्रति क्षेत्रीय संयोजक सोनाम लामाको प्रतिवाद


प्रकाशित मिति : श्रावण १३, २०७३ बिहीबार

एनआरएन अमेरिकाका सचिव शंकर खड्काले एनआरएन आईसीसीका तर्फबाट अमेरिका क्षेत्रका संयोजक सोनाम लामालाई लगाएको आरोपको लामाले खण्डन गरेका छन् । खड्काले सोनाम लामाप्रति लक्ष्यित गर्दै आफूलाई धम्की दिएको उल्लेख गरेका थिए । तर खड्काले लामाको नामभने किटेका थिएनन् ।

‘शेष घलेको मान्छे हुँ’ भन्दै आफूलाई धम्क्याएको र ‘खड्काहरु भ्रष्टाचारी हुन् ‘ भनेको शंकर खड्काले उल्लेख गरेका थिए । आफूप्रति लक्ष्यित यस्तो आरोप सही नभएको एनआरएन आईसीसीका तर्फबाट अमेरिका क्षेत्रका लागि संयोजक सोनाम लामाले बताएका छन् । आफूले ‘शेष घलेको मान्छे’ भएको भन्दै धम्क्याएको र ‘खड्काहरु भ्रष्टाचारी हुन्’ भनेको भन्दै खड्काले लेखेकोमा आफू आश्चर्यचकित भएको लामाले बताएका छन् ।

उनले खसोखाससँग कुराकानी गर्दै भने – ‘मैले भन्दै नभनेको कुरा लेखेर मेरो बदनाम गर्ने प्रयास गर्नु आपत्तिजनक छ ।’

शंकर खड्काले फोन गरेका कारण आफूले केहीबेर कुराकानीमात्र गरेको लामाको भनाई छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com