चलचित्र ‘सत्रु गते’को नयाँ रेकर्ड, प्रधानसेनापति परिवारसहित हल पुगे


प्रकाशित मिति : चैत्र १९, २०७४ सोमबार

चलचित्र ‘सत्रु गते’ले रिलिज भएको दोश्रो सातामा पनि राम्रो व्यापार गरिरहेको छ ।

चलचित्र हेर्नका लागि अहिले देशका विभिन्न क्षेत्रका व्यक्तिहरु लालयित पनि देखिएका छन् ।

केहि दिन अगाडि मात्र पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफ्नो परिवारसहित चलचित्र हेरेका थिए ।

अब, प्रधानसेनापति राजेन्द्र बहादुर क्षेत्रीले पनि परिवारसहित चलचित्र हेरेका छन् ।

उनले, काठमाण्डौको क्यूज हलमा परिवारसहित चलचित्र हेरेका थिए । विशेष शोमा नेपाली कांग्रेसका नेता जगदीश नरसिंह केसी , नेतृ तथा गायिका कोमल ओली तथा वरिष्ठ कलाकार नीर शाहले परिवार सहित चलचित्र हेरेका छन् ।

यो चलचित्रमा मदनकृष्ण श्रेष्ठ , हरिवंश आचार्य , किरण केसी , दीपकराज गिरी , दीपाश्री निरौला , पल शाह , प्रियंका कार्की , आँचल शर्मा , राजाराम पौडेल , शिवहरी पौडेल , बसुन्धरा भुषाल , रमेश रंजन झा लगायतको अभिनय छ । चलचित्रलाई प्रदिप भट्टराइले निर्देशन गरेका हुन् ।

चलचित्र हेरेपछि प्रधानसेनापति क्षेत्रीले मनोरञ्जनले भरिएको भन्दै खुलेर प्रशंसा गरे । यसैविच, यो चलचित्रले काठमाण्डौको गुण सिनेमा हलमा दोश्रो सातामा नयाँ रेकर्ड राखेको छ ।

शनिवार गुणमा बिहानी शोमा ३ हल , १२ बजेको शोमा ४ हल , ३ बजेको शोमा ५ हल र बेलुकीको शोमा ३ हल हाउसफुल भएको थियो । शनिवार मात्र गुणमा १५ शो हाउसफुल भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com