एकता ‘हतारोका साथ जसरी पनि’ भन्ने विषय होइन : प्रधानमन्त्री ओली


प्रकाशित मिति : चैत्र १९, २०७४ सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता ‘हतारोका साथ जसरी पनि’ भन्ने विषय नभएको टिप्पणी गरेका छन्।

सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रममा उनले सो कुरा बताएका हुन्।

कार्यक्रममा बोल्दै उनले भारत भ्रमण अगाडि पार्टी एकता गर्ने प्रयास भइरहेको जानकारी दिएका छन्।

उनले  तुरुन्तै पार्टी एकताबद्ध हुने पनि बताएका छन्।

‘भारत भ्रमण भन्दा अगाडि कि पछाडि, सके कि सकेनन्, किन ढिला भयो? भन्ने प्रश्न उठेका छन्’, ओलीले भने, ‘यो प्रक्रियाबाट हुने कुरा हो। अगाडि पनि हुनसक्छ। पछाडि पनि हुनसक्छ। एकदम हतारोका साथ जसरी पनि भन्ने पनि होइन। ढिला गर्ने विषय पनि होइन।’

उनले उपयुक्त समयमा देशको विकासका लागि लोकतन्त्र र सामाजिक लोकतान्त्रलाई अगाडि बढाउन एकता गर्ने बताए।

प्रधानमन्त्री ओलीले राष्ट्रिय एकताका साथ विदेशीसँग पारस्परिक सहयोगी सम्बन्ध बनाउने दाबी गरे।

‘हाम्रो विकासका क्रममा छिमेकी मित्रलाई साथमा लिएर अगाडि बढ्छौँ। देशको पूँजी लगानी गर्छौं’, ओलीले भने।

प्रधानमन्त्री ओलीले पत्रकार तथा राजनीतिक व्यक्तित्व कमल कोइरालालाई मदन भण्डारी पत्रकारिता पुरस्कारबाट सम्मानित गरे। पँचास हजार पाँच सय राशीको उक्त पुरस्कार कोइरालाले स्वर्गीय पत्रकार वीरेन्द्र शाहको परिवारलाई हस्तान्तरण गरे।

कोइराला पूर्वप्रधानमन्त्री मातृका प्रसाद कोइरालाका माइला छोरा हुन्। उनी दृष्टि पत्रिकाको सम्पादक रहिसकेका छन् भने हाल अन्नपूर्ण पोस्टका स्तम्भकार हुन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com