भतिजले प्रहार गरेको लाठीबाट काकाको मृत्यु


प्रकाशित मिति : चैत्र १९, २०७४ सोमबार

चैत १९, रौतहट । कुटपिटबाट गरुडामा आइतबार साँझ एक जनाको मृत्यु भएको छ। गरुडा नगरपालिका–७ स्थित पिपरिया दोस्तियाटोलमा काका भतिजबीच कुटाकुट हुँदा काका ४० वर्षीय रामकिसुन भन्ने कुशन्दर यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ। बालबालिकाको विषयलाई लिएर भएको झगडाले उग्ररुप लिएपछि भतिज मनोज यादवले कुशन्दरलाई लाठी प्रहार गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरिक्षक गोविन्द थापाले जानकारी दिए। कुटपिटबाट घाइते कुशन्दरको वीरगजस्थित हेल्थकेयर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। कुटपिट गर्ने मनोजलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक थापाले बताए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com