भरतपुरकी मेयर रेणु दाहालले गरिन्, अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउन जग्गा दिने घोषणा


प्रकाशित मिति : चैत्र १९, २०७४ सोमबार

चैत १९, चितवन । अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउन धुर्मस सुन्तली फाण्डेशनलाई भरतपुर महानगरपालिकाले जग्गा उपलब्ध गराउने भएको छ । महानगरले रंगशाला बनाउन जग्गा दिनुका साथै आर्थिक सहयोगसमेत गर्ने घोषणा गरेको हो ।

सोमबार पत्रकार सम्मेलन गरेर महानगरकी मेयर रेणु दाहालले चितवन देशकै मध्यभाग भएको भन्दै स्टेडियम निर्माणका लागि चितवन पायक पर्ने ठाँउ रहेको बताइन् । उनले भरतपुर महानगरपालिका वडा नः २० मा रहेको चित्रवन रंगशाला निर्माण गर्ने स्थल धुर्मस सुन्तली फाण्डेशनलाई स्टेडियम निर्माणका लागि जग्गा दिने घोषणासमेत गरिन् ।

‘उहाँहरुलाई चितवनमा आहृवान गर्छु’ मेयर दाहालले भनिन्, ‘हामीसँग प्रयाप्त समथर जग्गा छ, महानगरले सबै खाले सहयोग गर्छ ।’ उनले चित्रवन रंगशाला निर्माण स्थलमा १० विगाहा जग्गा रहेको जानकारी दिँदै थप जग्गा समेत उपलब्ध गराउने बताइन् ।

चालु वर्षको बजेटमा रंगशाला निर्माणका लागि भन्दै एक करोड रकम विनियोजन गरेको जनाउँदै सो रकमबाटै काम सुरुवात गराउन सकिने महानगरले जनाएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com