भूकम्पपीडितलाई थप १ लाख दिने भनेर देउवा सरकारले हल्ला मात्र गरेको खुलासा


प्रकाशित मिति : चैत्र १९, २०७४ सोमबार

शेरबहादुर देउवा नेतृत्वको सरकारले भूकम्प पीडित र वाढीपीडितलाई थप १ लाख अनुदान दिने निर्णय गरेको भनेर झुट बोलेको खुलेको छ। गत १० माघको मन्त्रिपरिषद् बैठकले भूकम्पपीडितले पाउने अनुदान रकम ३ लाखबाट वढाएर ४ लाख पु¥याउने निर्णय भएको सार्वजनिक गरिएको थियो।

तर मन्त्रिपरिषद्को माइन्युटमा यो निर्णय उल्लेख छैन। मुख्य सचिव लोकदर्शन रेग्मीले पनि घुमाउरो भाषामा त्यस्तो निर्णय नभएको संकेत गरेका हुन्।

मन्त्रिपरिषद्का सबै निर्णय सरकारको वेबसाइडमा राखिन्छन्। तर भूकम्पपीडितले पाउने अनुदान रकम ३ लाखबाट वढाएर ४ लाख पु¥याउने र वढीपीडितलाई थप १ लाख रुपैयाँ अनुदान दिने भनेर देउवा सरकारले गरेको हल्ला सरकारी वेबसाइडमा छैन।

‘मन्त्रिपरिषद्का सबै निर्णय सरकारको वेबसाईडमार्फत सार्वजनिक गरिन्छ,’ मुख्यसचिव रेग्मीले भने, ‘भूकम्पपीडितका बारेमा निर्णय भएको हो भने त्यो पनि वेबसाइडमै हुन्छ, त्यहीँ हेर्नुस्। त्यहाँ छैन भने कुनै निर्णय भएको छैन भनेर बुझ्नुस्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नयाँ पत्रिका

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com