सरकारले राउटे समुदायलाई प्रति परिवार ६० किलो खाद्यान्न वितरण गर्यो


प्रकाशित मिति : चैत्र १७, २०७४ शनिबार

 

चैत १७, सुर्खेत–कर्णाली प्रदेश सरकारले लोपउन्मुख राउटे बस्तीमा खाद्यान्न पुर्‍याएको छ।

सामाजिक सुरक्षा भत्ता नपाएका राउटे समुदायलाई सरकारले चालमसहित खाद्यन्न वितरण गरेको हो। राउटे लोपउन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठानको आग्रहमा सरकारद्वारा राउटे बस्तीमा खाद्यन्न वितरण गरिएको हो।

विगत केही महिनादेखि दैलेखको डुङ्गेश्वर गाउँपालिकास्थित पराजुल खोलामा बस्दै आएका लोपउन्मुख राउटे समुदायलाई शनिबार खाद्यन्न वितरण गरिएको हो। कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मीले पराजुल खोलामा बस्दै आएका ४६ घरपरिवारलाई खाद्य सामग्री हस्तान्तरण गरेका हुन्।

राउते समुदायमा पुगेर खाद्य सामग्री हस्तान्तरण गर्दै सांसद रेग्मीले संघीय लोकतन्त्र मुलुकमा भोको पेट कोही कसैले पनि मर्नु नपर्ने बताए। उनले राउटे समुदायको संरक्षणका लागि सरकार गम्भीर भएर लाग्ने बताए। ५२ प्रतिशत गरिवी प्रदेश विकासको चुनौती भएपनि सरकारले आवश्यक नीति तथा योजनाहरु बनाउँदै जाने बताए।

प्रतिपरिवार ६० किलो चामल, मुला, चिउरा, खुर्सानीलगायतको खाद्यान्न वितरण गरिएको हो। राउटे लोपउन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठानका अध्यक्ष सत्यदेवी अधिकारीले राउटे उत्थानमा सरकार गम्भीर भएर लाग्न आग्रह गरिन्। उनले राउटे समुदायमा पछिल्लो समय परिवर्तन देखिएपनि बालबालिकाहरु भने शिक्षाको पहुँचमा आउन नसकेको बताइन्।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com