Follow @khasokhasmag

श्रीमति अर्को केटासँग लागेको भन्दै पटक–पटक विवाद, हत्या गरेर भागेको २४ घण्टा नबित्दै प्रहरी फन्दामा


प्रकाशित मिति : चैत्र १७, २०७४ शनिबार

परपुरुषसँग सम्बन्ध बढाएको भन्दै नुवाकोट बेलकोटगढी नगरपालिका ७ का प्रकाश तामाङले श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ ।  प्रहरीले श्रीमती नमुना लामाको हत्याको अभियोगमा  तामाङलाई शनिबार पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाले काठमाडौंको चन्द्रागिरी नगरपालिका स्थित नैकापमा विगत १ महिनादेखि दिदीको कोठामा बस्दै आएकी  लामाको हत्या अभियोगमा तामाङलाई धादिङको गल्छी गाउँपालिकास्थित तल्लोडिलबाट पक्राउ परेको हो ।

प्रहरीका अनुसार विवाद बढ्दै जाँदा  शुक्रबार प्रकाशले लामाको हत्या गरेर फरार भएका थिए ।
लामा र तामाङबीच ६ वर्षअघि विवाह भएकोमा त्यसको ६ महिनापछि समस्या  विवाद हुन थालेको थियो ।

दुबै जनाले एक अर्का प्रति शँका गर्ने,भेट हुने बितिकै झगडा भैराख्ने,नमुनाले घर परिवार प्रति बेवास्ता गर्ने घर छोडी बाहिरै गर्न लागेपछि विवाद बढ्दै गएको थियो ।
यतिमात्रै नभई  नमुनाले परपुरुषसँग  बढी फोन सम्पर्क गर्ने, आएका फोनहरु डिलेट गरी फाल्ने, कसलाई फोन गरेको भनि सोधपुछ गर्दा झैझगडा गर्ने, डिभोर्सको कुरा निकाली बिवाद बढाउने समेत गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

त्यहि बिवादका कारण प्रकाशले एक वर्षअघि  बिष सेवन गरी अस्पताल भर्ना समेत भएको  समेत खुल्न आएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com