भारतमा २७ लाख चोरेको आरोपमा एक नेपाली युवा पक्राउ


प्रकाशित मिति : चैत्र १७, २०७४ शनिबार

चैत १७, सुर्खेत । भारतको मुम्बई थाने भन्ने स्थानबाट रु २७ लाख चोरेको आरोपमा एक नेपाली युवालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बराह गाउँपालिका–३ तरंगा सुर्खेतका ३० वर्षीय कर्णबहादुर शाही रहेका छन्। उनलाई सुर्खेत प्रहरीले यही चैत १३ गते पक्राउ गरेको हो। भारतीय प्रहरीले इन्टरपोलमार्फत आरोपित शाहीलाई बुझेर सहयोग गर्न अनुरोध गरेपछि उनलाई समातिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

आरोपित शाहीले नगद र गरगहना गरी भारतीय रु २७ लाख चोरेको जानकारी गराइएको छ तर संस्थागत तथ्यांक त्यस्तो केही छैन, उनले भनु। रुपैयाँ चोरेकोरनचोरेको बारे बुझ्नका लागि शाहीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक चतुर्वेदीले बताए। आरोपित शाहीका बारे आवश्यक अनुसन्धान गरेर इन्टरपोलमार्फत भारतीय प्रहरीलाई जानकारी दिने जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com