टिपरको ठक्करबाट एक जनाको मृत्यु, एकजना गम्भीर


प्रकाशित मिति : चैत्र १७, २०७४ शनिबार

चैत १७, लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–८ मा टिपरको ठक्करबाट गम्भीर घाइते एक युवकको गए राति उपचारको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् ।

पूर्वबाट पश्चिम जाँदै गरेको स १ क १७९ नंको टिपरले स ६ प २८९१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सिरहाको नवराजपुर गाउँपालिका–१ निवासी ३० वर्षीय सञ्जय यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते यादवको लहानस्थित सप्तऋषि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ । सोही दुर्घटनामा परी गम्भीर घाइते अमितको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com