खड्काको पार्थिव शरीर आज नेपाल ल्याइँदै


प्रकाशित मिति : चैत्र १७, २०७४ शनिबार

नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको पार्थिव शरीर शनिबार नेपाल ल्याइने भएको छ। भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारका क्रममा शुक्रबारे निधन भएका खड्काको शव शनिबार अपराह्न काठमाडौं ल्याइने भएको हो।

उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आइतबार नेपाली कांग्रेसको कार्यालयमा राखिने र त्यसपछि अन्त्येष्टि गरिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

मिर्गौला, छाती र नसाको समस्याबाट पीडित भएपछि खड्कालाई उपचारका लागि नयाँदिल्ली लगिएको थियो। नेता खड्काको निधनका कारण कांग्रेसले तीन दिनसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com