यी छ स्रष्टाले पाउने छन् नइ पुरस्कार


प्रकाशित मिति : चैत्र १७, २०७४ शनिबार

नइ प्रकाशनले राजधानीबाहिर रहेर पनि समन्वयात्मक राष्ट्रिय संस्कृतिका मूल्य र मान्यतालाई जनमानसमा पुर्‍याएको भन्दै संस्कृतिविद् नलराज शास्त्रीलाई ‘नइ भूपालदुर्गा पुरस्कार’ दिने निर्णय गरिएको छ।

त्यस्तै, नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि निरन्तर समर्पित रहँदै समालोचना र अन्वेषणका क्षेत्रमा समर्पित प्राध्यापक ठाकुर पराजुलीलाई ‘नइ ईश्वर बराल पुरस्कार’ दिने निर्णय गरेकाे छ। डा. महेश्वर शर्मालाई ‘नइ खरा प्रदीप्ति पुरस्कार’ प्रदान गर्ने निर्णय भएको छ । कथा, कविता र बालसाहित्य लेखनमा समर्पित श्रीमती रेवती राजभण्डारीलाई ‘नइ रेखा पुरस्कार’ दिने भएकाे जनाइएको छ।

चित्रकलाका क्षेत्रमा समर्पित हुँदै अन्तर्राष्ट्रिय स्तरको चित्रकला सृजना गरी नेपालको गौरव बढाउन महत्वपूर्ण योगदानका निम्ति कान्छाकुमार कर्माचार्यालाई ‘नइ यउजा पुरस्कार’ समर्पण गरिने छ।

नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि  निरन्तर समर्पित नवलपरासीका श्रीमती कृष्णदेवी शर्मा श्रेष्ठलाई ‘नइ बुलु शर्मा पुरस्कार’ दिने निर्णय गरिएको छ ।पुरस्कारका राशी जनही पचास हजार रूपैयाँ रहेका छन्। शताब्दी पुरुष सत्यमोहन जोशीको ९९ औं जन्मोत्सवका अवसरमा आगामी वैशाख ३० गते काठमाडौंमा पुस्कार वितरण गरिने छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com