१०१ वर्षकी वृद्धाले जन्माइन् बच्चा


प्रकाशित मिति : चैत्र १७, २०७४ शनिबार

चैत १७, सय वर्ष काटेकी वृद्धाले बच्चा जन्माइन् भन्दा तपाईलाई अनौठो लाग्न सक्ला। तर, अनौठो नमान्नुहोस्। इटालीमा १०१ वर्षकी वृद्धाले बच्चा जन्माएकी छन्। इटालीको नापोली शहरकी १०१ वर्षीया वृद्धा अनाटोलिया भर्टाबेलाले बच्चा जनएकी हुन्। त्यो पनि स्वस्थ्य र नौ पाउण्डको। उनको अण्डासयमा शुक्रटिकलाई ट्रान्सप्लान्ट गरी बच्चा जन्माएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन्। युरोपमा यसलाई अवैध मानिएपछि ती वृद्धाले टर्कीको एउटा निजी क्लिनिकमा बच्चालाई जन्म दिएको बताइएको छ। उक्त बच्चाको नाम फ्रान्सेस्को राखिएको छ। यो उनको १७ बच्चा हो। ुम आफ्नो १७ बच्चालाई जन्म दिन सहयोग गर्ने डाक्टरप्रति धन्यवाद दिन चाहन्छु। जसले मेरो चाहनालाई पूरा गरिदिए।’ ती शताब्दी आमाले भनिन्, म ४८ वर्षको हुँदा मलाई क्यान्सर भएको थियो, क्यान्सरको निदानपछि मैले नयाँ जीवन पाएँ। अहिले अत्यन्त खुसी छु। मैलै १७ औं सन्तान सय वर्ष पार गरेपछि पाएँ।ु ती वृद्धाको पतिको निधन सन् १९९८ मा भएको थियो। लामो समय विधवा रहेकी उनले इन्टरनेटमा शुक्रकिट दाताको खोजी गरेकी थिइन्। उनले दाता भेट्टाएपछि यो उमेरमा बच्चा जन्माउन सम्भव भएको बताएकी छन्। ती बालकका पिता २६ वर्षीय क्याथोलिक रहेको पनि उनले खुलासा गरिन्। एजेन्सी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com