संसद्मा सार्वजनिक बिदा कटौतीको विरोध,बिदा षड्यन्त्रपूर्वक हटाइएको आरोप


प्रकाशित मिति : चैत्र १७, २०७४ शनिबार

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरूले सरकारले सार्वजनिक बिदा कटौती गरेको विषयमा विरोध जनाएका छन्। सांसद दिलेन्द्रप्रसाद बडुले फागुन ७ गते प्रजातन्त्र दिवसमा दिइँदै आएको सार्वजनिक बिदा कटौती गरिएकोमा आपत्ति जनाएका छन्। उनले यसलाई षड्यन्त्रपूर्वक हटाइएको बताए।

सांसद अनिलकुमार झाले सरकारले छठ पर्वको बिदा कटौती गरेकोमा आपत्ति व्यक्त गरे। उनले गजेन्द्रनारायण सिंहले छठ पर्वमा सार्वजनिक बिदा दिनुपर्ने भन्दै कडा संघर्ष गरेर स्थापित गराएको बताए।

सांसद दुर्गा पौडेलले प्रवासी नेपालीलाई मताधिकारको व्यवस्था राखेर कानुन निर्माण गर्नुपर्ने बताइन्। सांसद गजेन्द्रबहादुर महतले निर्वाचन क्षेत्र विकासको रकम ३ करोडबाट बढाएर १० करोडपु¥याउनुपर्ने बताए।

सांसद प्रेम सुवाल राष्ट्रपतिको सवारी हुँदा सडक अस्तव्यस्त हुने गरेको भन्दै यस्ता आधारभूत कुरामा ध्यान दिन सरकारसँग माग गरे।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रियसभा सांसदहरूले महिला हिंसा र बलात्कारका घटना नियन्त्रण गर्न नसकिएको बताएका छन्। सांसद विमला गौतमले अहिले पनि समाजमा बलात्कारका घटना बढिरहेकोबताइन्। यस्ता घटना नियन्त्रण गर्न सरकारले आवश्यक कदम चाल्नुपर्ने उनले बताइन्।

सांसद विन्दा राना आलेले महिला हिंसा मौलाइरहेको अवस्था रहेकाले कसरी अन्त्य गर्न सकिन्छ भन्नेबारे सरकारले उचित ध्यान दिनुपर्ने बताइन्। सांसद चक्रप्रसाद स्नेहीले जनता आवास कार्यक्रमअनुसार लालपूर्जा नदिएकालाई लालपूर्जा दिनुपर्ने बताए। काठमाडौं उपत्यकाभित्र जातीय विभेद बढिरहेको भन्दै दलितले कोठा पाउनै कठिन भएको उनले बताए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com