Follow @khasokhasmag

गोली हानेर श्रीमतीको हत्या


प्रकाशित मिति : चैत्र १६, २०७४ शुक्रबार

चैत १६, बाँके । बाँके जिल्लामा श्रीमान्ले गोली हानेर श्रीमतीको हत्या गरेका छन्। जिल्लाको डुडुवा गाउँपालिका ३ वनकट्टीका ३० वर्षीय सञ्जयकुमार बर्माले २८ वर्षीया श्रीमती सुनिता वर्माको गएराति गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। प्रहरीका अनुसार कोखा र दाहिने हातमा गोली लागेकी सुनिताको घटनास्थलमै मृत्यु भएको छ। हत्या गर्ने बर्मालाई प्रहरीले पक्राउ गरेको छ। मानसिक रोगको औषधि सेवन गरिरहेका बर्माले बयानका क्रममा घरमा काम गर्ने नोकरसँग श्रीमतीको अनैतिक सम्बन्ध रहेको आशंकामा श्रीमतीको हत्या गरेको प्रहरीसमक्ष स्वीकारेका छन्। घटनाको अनुसन्धान सुरु गरिएको छ । रासस

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com