चट्याङ लागेर तीन जना घाइते


प्रकाशित मिति : चैत्र १६, २०७४ शुक्रबार

चैत १६, ललितपुर । ललितपुरको बाग्मती गाउँपालिका ५ इकुडोलमा शुक्रबार चट्याङ लागेर तीनजना घाइते भएका छन् । चापागाउँ प्रहरी वृत्तका डीएसपी रवीन्द्र रेग्मीका अनुसार घटनास्थल इकुडोल माझखण्ड पोखरी डाँडा चापागाउँदेखि चार घण्टाको दूरीमा पर्छ ।

घाइतेको उद्धारका लागि एम्बुलेन्स घटनास्थलमा पुगिसकेको डीएसपी रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार घाइते दुई जनालाई सामान्य उपचारपछि घर फर्काइएको छ भने गम्भीर घाइते सुजाता स्याङतानलाई थप उपचारका लागि एम्बुलेन्समा ल्याइदैछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com