ओलीको भारत भ्रमण तय, यस्तो छ भ्रमण तालिका


प्रकाशित मिति : चैत्र १६, २०७४ शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको मिति घोषणा भएको छ ।

परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओलीले चैत २३ देखि २५ सम्म भारत भ्रमण गर्ने छन् ।

मन्त्रालयले उनको भ्रमण राजकीय हुने बताएको छ ।

भारतले भने ओलीको भ्रमण चैत २४ देखि २६ सम्मका लागि प्रस्ताव गरेको थियो ।

भ्रमणका दौरान प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति राम नाथ कोविन्द, उपराष्ट्रपति एम भेनाकाही नाइडु, प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग भेट गर्नेछन् ।

त्यस्तै, अन्य मन्त्रीहरुसँग भेट हुने पराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका दौरान प्रधानमन्त्री ओलीले पटनागर रउत्तराखण्डको भ्रमण गर्नेछन् भने गोविन्द बल्लभ पन्त युनिभर्सिटी अफ एग्रिकल्चर एण्ड टेक्नोलोजीमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् ।

भारतको विदेश मन्त्रालयले पनि प्रधानमन्त्री ओलीको भ्रमणको भ्रमण तालिका सार्वजनिक गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com