सालक खपटा तस्करीमा संलग्न दुई चिनियाँ नागरिक पक्राउ


प्रकाशित मिति : चैत्र १६, २०७४ शुक्रबार

सालकको खपटा तस्करीमा संलग्न दुई चिनियाँ नागरिकलाई त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको छ ।

टर्कीको इस्तानवुलबाट हवाई मार्गको प्रयोग गरी नेपाल ल्याईएको दुर्लभ वन्यजन्तु सालकको खपटासहित चिनियाँ राहदानी जी ४८५९८९७८ बोकेका ४० वर्षीय क्वी जिओरोङ र राहदानी नम्बर इ२९१९८००० नम्बर बोकेका ३४ वर्षीय चिनियाँ नागरिक क्वी लिबाओलाई पक्राउ गरिएको हो ।

उनीहरु सोमबार दिउँसो टर्किस एयरलाइन्सको उडान नं. टी के ०७२६ मार्फत काठमाडौं आएका थिए ।

उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयको रेड च्यानल क्षेत्रको एक्सरेमा चेकजाँच गर्ने क्रममा १ सय ६२ केजी सालकको खपटासहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो ।

उनीहरुले ल्याएको खपटा अफ्रिकाको कंगोमा खरिद भएको र नेपाल हुँदै चिनमा विक्रीका लागि लाने तयारी भएको खुलेको सीआईबीले जनाएको छ ।

तस्करीमा कङ्गो, चिनियाँ, बङ्गलादेशी र नेपाली नागरिकको गिरोह संलग्न भएको प्रहरीको भनाइ छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com