चिनियाँ पाइलट मासिक ८ हजार डलरमा ल्याइने


प्रकाशित मिति : चैत्र १६, २०७४ शुक्रबार

चैत १६, काठमाडौं । राष्ट्रिय ध्वाजबाहक नेपाल वायु सेवा निगम ९नेवानि०ले वाई १२ सिरिजका जहाज उडानका लागि तीन चिनियाँ पाइलट ल्याउने भएको छ। यी जहाज उडाउन मासिक प्रति पाइलट आठ हजार डलर तलब दिने गरी तीनजना पाइलट ल्याउन लागिएको नेवानिका महाप्रबन्धक सुगतरत्न कंसाकारले जनाकारी दिए।

‘चिनियाँ पाइलट ल्याउने प्रक्रिया लगभग पूरा भइसकेको छ’, कंसारकारले भने, ‘पाइलटसँग दुई पक्षीय सहमतिका लागि पाइलट आपूर्ति गर्ने चिनियाँ एडीआईसी कम्पनीलाई पत्रचार भएको छ।’ एडीसी कम्पनीले विश्वभर नै पाइलट आपूर्ति गर्दै आएको छ। कम्पनीसँग सम्झौता भएर पाइलट आएपछि श्रम विभागबाट स्वीकृति लिई नागरिक उड्डयन प्राधिकरणबाट पनि सहमति लिने कंसाकार बताउँछन्।

पाइलटले मासिक नौ हजार डलर माग गरे पनि दुई पक्षीय सहमतिमा आठ हजारमा आउने निश्चित भएको उनको भनाइ छ। यसअघि पनि नेवानिले एयरबस उडानका लागि विदेशी पाइलट मासिक भाडामा ल्याएको थियो। दुई महिना अगाडि मात्रै चीनबाट ल्याइएका दुई वटा वाई १२ सिरिजका जहाज पाइलट अभावकै कारण विमानस्थलमा ग्राउन्डेड छन्।

नेवानिसँग रहेका चार वटा वाई १२ सिरिजका जहाज उडाउन सक्ने दुई जना मात्रै पाइलट छन्। चार जहाजका लागि दुई मात्रै पाइलट हुँदा नेवानिको वाई १२ सिरिजका जहाजले सेवा दिन सकेको थिएन। नेवानिसँग वाई १२ सिरिजका जहाज उडाउने दुई पाइलटलाई सात जना कोपाइलटले सघाइरहेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चीनको हार्विन एयरक्राफ्ट ग्रुपले निर्माण गरेका वाई–१२ सिरिजका दुई वटा नयाँ विमान काठमाडौं आएसँगै नेवानिसँग चार वटा वाई–१२ जहाज भएको थियो। पहिले नै आएका दुई वटा वाई १२ सिरिजका जहाजमार्फत निगमले काठमाडौंबाट पोखरा, भैरहवा र सिमरामा उडान गर्दै आएको छ।

पाइलटले मासिक नौ हजार डलर माग गरे पनि दुई पक्षीय सहमतिपछि आठ हजारमा आउन तयार भएका हुन्।

नेपालको दुर्गम क्षेत्रमा समेत उडान गर्न सकिने जहाज नेवानिको व्यवस्थापनले पाइलट अभाव हुँदा काठमाडौंलाई नै ‘बेस’ बनाएर पोखरा र भैरहवा उडान गर्दै आएको श्रेष्ठ स्वीकार्छन्। २०६९ सालमा नेपाल र चीनबीच ६ वटा जहाज ल्याउने सहमति भएको थियो। ६ जहाजमध्ये दुई वटा एमए ६० र चार वटा वाई १२ हुन्। त्यसमा दुई वटा अनुदान र चार वटा सहुलियत ऋणमा ल्याउने सहमति भएको थियो।

सहमतिअनुसार ल्याइका वाई १२ सिरिजका जहाज भने पाइल अभावका कारण विमानस्थलमा थन्किएको छ। नेवानिले २०७१ वैशाखमा पहिलो एमए ६० जहाज ल्याएको थियो भने सोही वर्षको कात्तिकमा वाई १२ जहाज ल्याएको थियो।

पहिलोपटक ल्याइएका दुवै जहाज अनुदानका थिए। यस्तै एमए ६० र वाई–१२ २०७३ मा ल्याएको थियो। अन्तिमपटक भने नेवानिले चीन र नेपाल सरकारबीच पहिले नै भएको सहमतिअनुसार दुई वटा वाई १२ सिरिजका जहाज ल्याएको थियो।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com