यूएस बंगला विमान दुर्घटनामा घाइते धामीको मृत्यु


प्रकाशित मिति : चैत्र १६, २०७४ शुक्रबार

यूएस बंगला विमान दुर्घटनामा घाइते बनेकी अछाम मंगलसेनकी प्रिन्सी धामीको उपचारको क्रममा मृत्यु भएको  छ। भारतको नयाँदिल्लीमा उपचारका क्रममा बिहीबार उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

बंगलादेशको राजिव रवेडा मेडिकल कलेजबाट एमबीबीएस अन्तिम वर्षको परीक्षा दिएर फर्किने क्रममा गत फागुन २८ गते धामीलगायत १३  विद्यार्थी र अन्य यात्रु गरी ७१ जना सवार विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थनमा अवतरणका क्रममा दुर्घटना भएको थियो।

अन्तिम संस्कारका लागि उनको शव नेपाल ल्याउने तयारी भइरहेको अाफन्त लक्षित केसीले जानकारी दिए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com