विश्वकै उत्कृष्ट सूचीमा नेपाली मुद्रा


प्रकाशित मिति : चैत्र १६, २०७४ शुक्रबार

नेपालका नोट र सिक्काको विश्वभर चर्चा भइरहेका बेला विश्वकै उत्कृष्ट मुद्राको सूचीमा नेपालका तीन ओटा नोट र एउटा सिक्का परेका छन् । संसारकै सुन्दर आकृति भएको नोटको सुचीमा नेपालका मुद्रा पनि परेपछि नेपालको नाम फेरी एक पटक विश्वमा नै चर्चामा छ ।

बिश्व प्रसिद्ध अन्तर्राष्ट्रिय समाचारपत्र द टेलिग्राफले ‘वल्र्डस् मोस्ट ब्युटीफुल करेन्सीज’ को सूचीमा नेपाली १ रुपैयाँ ५ रुपैयाँ र ५ सय रूपैयाँ नोटलार्इ संसारका सबैभन्दा सुन्दर नोटको सूचीमा राखेपछि नेपालका मुद्रा फेरी एक पटक विश्वमा चिनिन पाएका छन् ।

नेपालसंगै बैंक अफ इङ्गलैण्डको १० पाउण्ड, फ्रान्सको ५० फ्रान्ची, अस्ट्रेलियाको ५ डलर, न्युजील्याण्डको ५ डलरको नोट, काजकिस्तानको १००० टेन्गे नोट, स्वीट्जरल्याण्डको ५० फ्रान्क नोट, माल्दिभ्सको १००० रुफियाना नोट, बर्माको १ क्याट नोट, बर्मुडाको २ डलरको नोट र केही अन्य देशका नोट पनि सूचीमा छन् ।

नेपाली एक रूपैयाँको नोटमा कुद्दै गरेका २ ओटा मृगका बच्चाको तस्बिर छ भने ५ रूपैँमा दुर्इ ओटा चौरी गार्इ र पाँच सयको नोटमा एक जोडी पाटे बाघको चित्र छ । दुर्इ रूपैँयाको सिक्कामा भने एकपट्टी जोत्दै गरेको किसान र अर्कोपट्टी सगरमाथाको चित्र अङ्कित भएका कारण यि नोट र सिक्काहरुले अहिले चर्चा पाएका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com