न्यायाधीशमा खुला प्रतिस्पर्धा ३७३ सहभागी,लिखित परीक्षामा १६ उत्तीर्ण


प्रकाशित मिति : चैत्र १६, २०७४ शुक्रबार

न्याय सेवा आयोगले जिल्ला न्यायाधीश पदपूर्तिका लागि लिएको लिखित परीक्षामा १६ जना उत्तीर्ण भएका छन् । ३० पदका लागि सूचना निकालिएकोमा ४२४ जनाले आवेदन दिएका थिए । १४ जना अझै अपुग भएको छ । परीक्षामा ३७३ सहभागी थिए।

आयोगले परीक्षामा उत्तीर्ण हुनेहरूको अन्तिम सूची सार्वजनिक गरेको छ । न्यायाधीशमा नाम निकाल्नेमा कुलप्रसाद पाण्डे, नन्दकिशोरप्रसाद यादव, कमला पौडेल, सुमनकुमार न्यौपाने, प्रमेश पोखरेल, ईश्वरीप्रसाद भण्डारी, रामप्रसाद बस्याल, तेजबहादुर खड्का, सन्तोषप्रसाद पराजुली, केदारनाथ पौडेल, आत्मदेव जोशी, मनोज श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ, दिलीपराज पन्त, विश्वनाथ भट्टराई र रोमनाथ अधिकारी रहेका छन् ।

उत्तीर्ण भएकालाई न्याय परिषद्ले जिल्ला न्यायाधीशको रूपमा पठाउनेछ । खुल्लाबाट न्यायाधीश पदमा समावेशीअन्तर्गत रहेको मधेसी र दलित कोटामा कुनै पनि उम्मेदवार उत्तीर्ण भएनन् ।

नाम निकाल्नेमा १४ जना न्याय सेवा र तीनजना सरकारी वकिल समूहका कर्मचारी छन् । आयोगले आन्तरिक खुल्लामा १५, खुल्ला पदमा आठ, महिला दुई, आदिवासी जनजाति दुई, मधेसी दुई र दलितमा एक जनाको कोटा छुट्टाइएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघि प्रतिस्पर्धाबिनै परिषद्ले न्याय, कानुन र सरकारी वकिल समूहबाट जिल्ला न्यायाधीश नियुक्त गर्ने गरेको थियो । तर, कानुन व्यवसायीहरूले जिल्ला न्यायाधीश बनाउँदा बारको प्रतिनिधित्व नभएको भन्दै ५० प्रतिशत कोटा माग गरेपछि परीक्षा लिइएको हो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com