ऐतिहासिक दायित्व’ पूरा गर्न राष्ट्रपतिको आह्वान


प्रकाशित मिति : चैत्र १५, २०७४ बिहीबार

नयाँ संविधानअन्तर्गत गरिएका निर्वाचनबाट चुनिएका प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यहरूको पहिलो संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको अपेक्षानुरूप समृद्धिको यात्रामा एक भएर लागिपर्न आह्वान गरेकी छन्।

“इतिहासले हाम्रो पिँढीलाई समाजको समग्र रूपान्तरणको दायित्व सुम्पिएको छ। यस ऐतिहासिक दायित्व पूरा गर्न प्रतिनिधिसभा र राष्ट्रिय सभालाई सफलता मिलोस्,” उनले भनिन्।

करिब १५ मिनेट लामो सम्बोधनमा राष्ट्रपतिले पटक पटक सरकारको अबको उद्देश्य समृद्धि हुने उल्लेख गरिन्।

विकास र समृद्धिको सोही यात्रामा अग्रसर हुन उनले आह्वान पनि गरिन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गौरवबोध

चुनावपश्चात् गठित निर्वाचित निकायमा ४१ प्रतिशत महिला प्रतिनिधित्व भएको भन्दै राष्ट्रपति भण्डारीले प्रसन्नता व्यक्त गरिन्।

संसद्‌मा राष्ट्रपति

 

यसबाट आफूलाई गौरवबोध भएको उनको भनाइ थियो।

“हाम्रा निर्वाचित निकायमा हिजोसम्म पछाडि परेका समुदायको उल्लेखनीय प्रतिनिधित्व सुनिश्चित गरेर विश्वकै सामु दृष्टान्त प्रस्तुत गरेका छौँ,” उनले भनिन्।

यसअघि राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री केपी ओलीले उक्त सम्बोधनको प्रति हस्तान्तरण गरेका थिए।

संविधानको धारा ९५ को उपधारा २ मा प्रतिनिधिसभाको निर्वाचन पछिको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसद्को दुवै सदनलाई राष्ट्रपतिले सम्बोधन गर्ने उल्लेख छ।

BBC Nepali

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com