सार्वजनिक बिदा कटौतीको चेम्बरद्वारा स्वागत


प्रकाशित मिति : चैत्र १५, २०७४ बिहीबार

सरकारले सार्वजनिक बिदा कटौती गरेकामा नेपाल चेम्बर अफ कमर्सले त्यसको स्वागत गरेको छ ।

चेम्बरले आज एक विज्ञप्ति प्रकाशित गरी सरकारको उक्त निर्णय सरहानीय भएको जनाएको हो ।

“हामीले निरन्तर राख्दै आएको मागको सुनुवाइ गरी बिदा कटौती गरेकामा हामी सरकारप्रति आभार व्यक्त गर्दछौँ”, चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बढी सार्वजनिक बिदाका कारण मुलुकको अर्थतन्त्रमै नकारात्मक असर पारेको भन्दै चेम्बरले बिदा कटौती गर्न प्रधानमन्त्री, मन्त्रीलगायतका उच्चपदस्थ सरकारी अधिकारीसँंगको भेटघाटमा चेम्बरले यो माग सहित सार्वजनिक बिदामा बैंक तथा वितीय संस्था सञ्चालनको माग पनि राख्दै आएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मन्त्रिपरिषद्को बुधबारको बैठकले सरकारले अघि सारेको समृद्धिको लक्ष्य पूरा गर्न सार्वजनिक बिदा कटौती गर्ने र कार्य दिन बढाउने उद्देश्यले वर्षभरिमा जम्मा बिदा ८९ दिन कायम गर्ने निर्णय गरेको थियो । यसअघि वर्षभरिमा १०४ दिन बिदा दिइँदै आएको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com