नेपालमा नर्सिङः ‘तलब कम, श्रमशोषण बढी’


प्रकाशित मिति : चैत्र १५, २०७४ बिहीबार

नर्सिङ पेशामा समेत आउटसोर्सिङ अर्थात् तेस्रो पक्षबाट कतिपय अस्पतालले काम लगाउने गरेको र कम तलब दिएर ‘श्रमशोषण’ गरेको भन्दै नर्सहरूको छाता संगठनले आक्रोश पोखेको छ।

निजी अस्पताल सञ्चालकहरूले चाहिँ कम तलबको समस्या नरहेको भन्दै आफ्नो बचाउ गरेका छन्।

स्वास्थ्य राज्यमन्त्रीले भने नर्सहरूको समस्याबारे आफू जानकार रहेको भन्दै त्यसबारे थप बुझेर कारबाही अगाडि बढाउने बताइएकी छन्।

निजी अस्पतालमा काम गर्ने नर्सहरूको न्यूनतम तलब सरकारी कर्मचारीसरह हुनुपर्ने सम्झौता नेपाल नर्सिङ संघ र सरकारबीच भए पनि त्यो कार्यान्वयन गराउन पर्याप्त पहल भएको देखिँदैन।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

असर

नर्सिङ संघकी अध्यक्ष तारा पोखरेलले भनिन्, “स्टाफ नर्स भनेको सुब्बासरहको जागिर हो। उनीहरूलाई मासिक ६ हजार रुपैयाँमा काम गराउँदा कस्तो सेवा आँउछ? यसले जनताको स्वास्थ्यमा कस्तो असर पार्ला भन्ने चिन्ता हामीलाई छ।”

कतिपय अस्पतालले तेस्रो पक्ष वा आउटसोर्सिङबाट नर्सहरू लिँदा झन् उनीहरूलाई कम तलब दिइएको तर्क पोखरेलको छ।

नर्स

 

त्यस्तो अवस्था रहेको भए त्यो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड विपरीत हुने भन्दै स्वास्थ्य राज्यमन्त्री पद्‌मा अर्यालले छानबिन थाल्ने बताइन्।

उनले भनिन्, “ठेक्कामा काम गराइयो भन्ने जस्ता गम्भीर कुरा आएको छ। म सम्बन्धित पक्षसँग छलफल गरी एउटा निष्कर्ष निकाल्छु।”

बाध्य

निजी अस्पताल सञ्चालकहरूको संगठन अफिनका अध्यक्ष वसन्त चौधरी भने कम तलब दिएर श्रमशोषण भइरहेको भन्ने धारणा सही नभएको बताउँछन्।

उनले भने, “श्रमशोषण गर्नु गलत हो भन्ने कुरा हामी स्वीकार्छौँ। त्यस्तो भएको छ भने त्यसलाई अन्त्य गराउनेछौँ। हामी यसमा गम्भीर छौँ।”

नर्स

 

नेपालमा बर्सेनि ५ हजारको हाराहारीमा नर्सहरू उत्पादन हुने गरेको बताइन्छ।

तीमध्ये धेरै प्रशिक्षार्थीका रूपमा वा थोरै तलबमा काम गर्न बाध्य भएको भन्ने गुनासो एकातिर पाइन्छ भने अर्कोतिर विदेश जान सहज हुने माध्यमका ‍रूपमा कतिपयले यो पेशालाई लिँदा समस्या आएको अस्पताल सञ्चालक तर्क गर्छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com