किशोरीको सामूहिक बलात्कार


प्रकाशित मिति : चैत्र १५, २०७४ बिहीबार

धनुषाको पूर्वी क्षेत्रमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ। धनुषा जिल्लाको सहिदनगर नगरपालिकामा बुधबार राति दुई जना युवकले एक १३ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेका हुन्।

पीडित किशोरीको घरमा कोही नभएको मौका छोपी घरबाटै समातेर मुख थुनी गाउँभन्दा टाढा लगेर सामूहिक बलात्कार गरेको ईलाका प्रहरी कार्यालय यदुकूहाका प्रहरी निरीक्षक पवन झाले जानकारी दिए।

घटना बुधबार राति नै भएपनि आफुहरूलाई बिहीबार बिहान मात्रै जानकारी भएकोले घटनाको थप अनुसन्धानका लागि किशोरीको स्वास्थ्य परीक्षणको लागि जनकपुर अञ्चल अस्पतालमा पठाईएको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए। पीडित किशोरीले दुईजनाले सामूहिक बलत्कार गरेको प्रहरीलाई बयान दिएकी छन्।

यता पीडित किशोरीको अवस्था अहिले सामान्य रहेको तथा अभियुक्त भनिएका दुवैजना फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com