सिरियाको गुटाबाट एक लाख २८ हजार विस्थापित


प्रकाशित मिति : चैत्र १५, २०७४ बिहीबार

सिरियाको राजधानी दमासकसदेखि पूर्वीक्षेत्रमा पर्ने गुटाबाट कुल एक लाख २८ हजार जना विस्थापित भएका छन् ।

विद्रोहीहरुको नियन्त्रणमा रहेकाले सो ठाउँ उनीहरुले छाडेका राज्यद्धारा संचालित समाचार संस्था सानाले बुधबार जनाएको छ ।

सैन्य अधिकारीहरुलाई उद्धृत गर्दै सानाले संप्रेषण गरेको समाचार अनुसार ठूलो संख्यामा आमनागरिकहरु विस्थापित भएका हुन् ।

सुरक्षाकर्मीहरुले घटनास्थलमा सुरक्षा कारबाही जारी राखको पनि समाचारमा उल्लेख गरिएको छ ।
पछिल्लो विवरण अनुसार मंगलबार मात्रै झण्डै ५ सय जना आमनागरिक गुटाबाट विस्थापित भएका छन् ।

उनीहरु गुटाबाट भागेर सरकारको नियन्त्रणमा रहेको वाफिडीन क्षेत्रमा पुगेका हुन् । वाफिडिन क्षेत्र राजधानी दमासकसदेखि उत्तरपूर्वी क्षेत्रमा पर्दछ ।

सिरियाली जिहादी समूहलाई आफ्नो कब्जामा राख्दै आएको इस्लामिक स्टेट्स (आइएस) समूहले राजधानी दमास्कसको दक्षिणी क्षेत्रमा सरकारी सेनामाथि आक्रमण गरेको छ ।

आइएस समूहले दमास्कस र प्यालेस्टिनी शिविर यारमुक, हजार अल–असाद तथा तादामुन क्षेत्रमा आफ्नो उपस्थिति देखाउँदै आएको छ ।

पूर्वी गुटा क्षेत्रबाट द्वन्द्वको भुमरीबाट बच्नकै लागि आमनागरिकहरु विस्थापित हुनुपरेको हो ।
विद्रोहीको राम्रो आधारस्थलका रूपमा चिनिने गुटा क्षेत्रमा सरकारी फौजले विगत एक महिनायता चलाएको कारवाहीपछि ठूलो संख्यामा सर्वसाधारण पलायन भई सुरक्षितस्थलतर्फ गएको सिरियाली सेनालाई उद्धृत गर्दै सानाले जनाएको छ ।

सिरियाली राज्य सञ्चालित टेलिभिजनले पनि करिब चार लाख जनसंख्या रहेको गुटाबाट विस्थापित हुनेहरुको संख्या बढीरहेको समाचार प्रसारण गरेको छ ।

विस्थापित सबैजना सिरियाली सेनाले मानवीय सहयोगका लागि खुला गरेको बाटोे प्रयोग गर्दै गुटाबाट बाहिरिएका विभिन्न सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com