३० न्यायाधीश मागेको आयोगले पायो १६ न्यायाधीशमात्र


प्रकाशित मिति : चैत्र १५, २०७४ बिहीबार

न्याय सेवा आयोगले जिल्ला न्यायाधीशको पदपूर्तिका लागि लिएको लिखित परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको छ। बुधबार सार्वजनिक गरेको नतिजामा ३० जनाको माग भएको तर १६ जना उत्तीर्ण भएका छन्।

३० पदका लागि ४ सय २४ जनाले आवेदन दिएका थिए। परीक्षामा ३ सय ७३ जना सहभागी थिए। समावेशी अन्तर्गत मधेशी र दलित कोटामा कोही पनि उत्तीर्ण भएनन्। उत्तीर्ण हुनेमा अधिकांश न्याय सेवाका कर्मचारी छन्।

१४ जना न्याय सेवाका कर्मचारी उत्तीर्ण हुँदा तीन जना सरकारी वकिल समूहका कर्मचारी उत्तीर्ण भएका छन्।पहिलो पटक खुला प्रतिस्पर्धाबाट भएको पदपूर्तिमा समावेश भएका करिव दुई सय कानून व्यवसायीले लिखित परीक्षा पास गर्न सकेनन्।

हेर्नुहाेस् नामावली–

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com