दक्षिणकालीमा बस दुर्घटना २ को मृत्यु २२ घाइते


प्रकाशित मिति : चैत्र १५, २०७४ बिहीबार

दक्षिणकालीबाट काठमाडौं आउँदै गरेको यात्रुवहाक बस फर्पिङमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।  बा १ ज ९९९९ नम्बरको बस फर्पिङभञ्याङमा दुर्घटनामा परेको हो।

दुर्घटनामा परि  मृत्यु हुनेहरुमा दक्षिणकाली नगरपालिका ५ का ४२ वर्षीय मञ्जु बस्नेत र सोही नगरपालिका ३ का  २५ वर्षीय सुनील श्रेष्ठ रहेको महानगरीय ट्राफिक महशाखाका डिएसपी मुकुन्द मरासनीले बताए।

घाइतेहरुको काठमाडौको बल्खु स्थित बयोधा अस्पतालमा उपचार भइरहेको समेत प्रहरीले जानकारी दिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com