‘स्टिङ अपरेशन’बाट खुल्यो भारतीय मिडियाहरुको पोल, पैसा लिएर यसरी छापिने रहेछ समाचार


प्रकाशित मिति : चैत्र १५, २०७४ बिहीबार

खोजी पत्रकारिताको लागि चिनिएको कोब्रापोस्टले भारतीय मिडियामा विकसित भएको पैसामुखी प्रवृत्ति र सत्ताधारी पार्टीको पक्षधरताको पोल खोलेको छ ।

कोब्रापोस्टले ‘अपरेसन १३६’ नामको एक स्टिङ्ग अपरेशनको माध्यमबाट भारतीय मिडियाले पैसाको लागि आफ्नो आवाज र कमललाई पनि सम्झौता गर्न सक्छन् भनेर देखाएको छ ।
गोप्य क्यामराको सहायताले गरिएको ‘अपरेशन १३६’मा देशको कयैन नामी मिडियाहरु सत्ताधारी दलको लागि चुनावी माहोल तयार गर्न तयार देखिन्छन् ।

साथमा विपक्षी दल र तीनका ठूला नेताहरुको दुष्प्रचार गर्न , चरित्र हत्या गर्न , तिनका विरुद्ध झुटो हल्ला फैलाउन र तीनको छवी धुमिल गराउन र सत्तारुढ दलको पक्षमा माहौल बनाउन सम्झौता गर्न तयार रहेको पनि खुलासा गरिएको छ ।

यहाँ सम्म कि सत्ताधारी पार्टीका लागि यीनले पत्रकारीताको प्रतिष्ठालाई दाउमा राखेर नागरिक स्वतन्त्रता र अधिकारको लागि लड्नेहरु विरुद्ध पनि आफ्नो सहमति व्यक्त गरे ।

भारतभर आन्दोलन गर्ने किसानहरुलाई माओवादीले उक्साएको आरोप लागएर सरकारको नीतिहरुको महिमामण्डन गर्नका लागि पनि यीनिहरु सहमत थिए । साथै उनीहरु न्यायापालिकाको फैसलामा प्रश्नचिन्ह लगाएर पाठकहरुको अगाडि प्रस्तुत गर्न पनि असहजता महसुस गरेनन् ।

यो जाँचमा पाइयो कि कसरी भारतीय मिडिया आफ्नो जिम्मेवारी बिर्सिएर प्रेस स्वतन्त्रताको गलत प्रयोग गरिरहेको छ र अवान्छित सामाग्रीको प्रयोग गरेर पत्रकारिता पेशामाथि नै प्रश्न उठाएका छन् ।
पोस्टका लागि यो सम्पूर्ण अनुसन्धान पत्रकार पुष्प शर्माले श्रीमद भागवत गीता प्रचार समिति, उज्जैनका प्रचारक बनेर गरेका थिए । यस क्रममा उनले आफ्नो नाम आचार्य छत्रपाल अटल बताएका थिए ।
यो दौरान देशका करिब तीन दर्जन ठूला मिडिया संस्थानका वरिष्ठ र जिम्मेवार अधिकारीहरुसँग उनले भेट गरे र एक विशेष खालको मिडिया अभियान चलाउनको लागि आफूसँग ६ देखि ५० करोड भारुसम्म खर्च गर्न तयार रहेको बताए ।

पोस्टले हाल ‘अप्रेशन १३६’को पहिलो भाग सार्वजनिक गरेको छ । यसमा जम्मा १६ मिडिया संस्थानहरुको समाबेश छन् । यसमा अमर उजाला पंजाब केसरी, दैनिक जागरण, इंडिया टीवी, सब नेटवर्क, डीएनए र यूएनआई जस्तो ठूला नामहरु पनि छन् ।

यसको अलावा स्कूप व्हूप, रेडिफ डट कम, ९ एक्स टशन, सामाचार प्लस, एचएनएन लाइव २४×७, स्वतन्त्र भारत, इंडिया वाच, आज हिन्दी डेली, साधना प्राइम न्यूजहरु पनि सम्झौतामा लिप्त पाइयो । गोप्य अपरेशनमा यी सबै मिडियाका शिर्ष अधिकारीहरु बोलेका छन् ।

जुन एजेण्डालाई लिएर कोब्रापोस्टले मिडिया संस्थानहरुलाई सम्पर्क गरेका थियो तिनमा चार प्रमुख बुँदाहरु समाबेश थिए ।

पहिलो मिडिया अभियानको शुरुको चरणमा तिनले हिन्दूत्वको प्रचार गर्नेछन् जसमा धार्मिक कार्यक्रमको माध्यमबाट हिन्दुत्वलाई बढावा दिइनेछ ।

दोश्रोमा विनय कटियार, उमा भारती, मोहन भागवत र अन्य हिन्दुवादी नेताहरुको भाषणलाई बढावा दिएर साम्प्रदायिक हिसाबमा मतदाता जुटाउने अभियान शुरु गरिनेछ ।

तेस्रो चुनाब नजिक आउदै गर्दा राजनीतिक प्रतिद्वन्दीहरुलाई निशाना बनाइन्छ ।

राहुल गान्धी, मायावती र अखिलेश यादव जस्तो विपक्षी दलका ठूला नेताहरुलाई क्रमशः पप्पु, बुआ र बबुआ भनेर जनताको अगाडि प्रस्तुत गरिनेछ । यसरी चुनावको दौरान जनताले उनीहरुलाई गम्भिरताका साथ नलिउन र मतदाताको समर्थन आफूतिर आउन सकोस् ।

चौथो मिडिया संस्थानहरुले यो अभियान आफ्नो सबै माध्यमहरुः छापा, विद्युतीय, रेडियो, डिजिटलको साथसाथै फेसबुक र ट्वीटरमा चलाउनु पर्नेछ ।

पोस्टका अनुसार यो एजेण्डा माथि उसले जति पनि मिडियाहरुलाई सम्पर्क ग¥यो लगभग सबैले यो अभियान चलाउन सहमति जनाए ।

सबैले हिन्दुत्वलाई आधात्मवाद र धार्मिक प्रवचन जसरी बढावा दिन तयार भए । साम्प्रदायिक पृष्ठभूमिको आधारमा मतदातहरुलाई धुव्रीकरण गर्नको लागि एक खास विज्ञापन सामाग्री प्रकाशित गर्न सहमत भए ।

आफ्नो मिडिया प्लेटफर्मको माध्यमबाट सत्तारुढ दलको लागि राजनीतिक प्रतिद्वन्दीहरलाई बदनाम गर्न र तिनको छवि खराब बनाउन पनि तिनले सहमति जनाए ।

त्यस्तै कयैन मिडिया सस्थानहरु सम्झौतामा नगद भुक्तानी अर्थात कालो धन पनि स्वीकार्न तयार थिए ।

साथै केही सस्थानहरुका मालिक र कर्मचारीहरुले यो बताए कि उनीहरु आफै राष्ट्रिय स्वयमसेवक संघसँग जोडिएका छन् त्यसैले हिन्दुत्ववादी विचारधारबाट प्रभावित भएकाले खासमा तिनलाई यो अभियानमा काम गर्नका लागि खुसी हुनेछ ।

साथै केही यस्ता सस्था पनि थिए जो आफ्नो प्रकाशनहरुमा सत्ताधारी पार्टीको पक्षमा आलेख र समाचार राख्नको लागि सहमत भए ।

सर्तका अनुसार सबैले यो अभियान तिनका उपलब्ध सबै प्लाटफर्ममा चलाउनको लागि तयार भए ।

केही यस्ता सस्थाहरु पनि पाइयो जो आफ्नो सस्थानको अलावा अन्य पत्रकारहरुको मद्दतबाट अन्य संस्थानहरुमा पनि सत्तारुढ दलको समर्थन गर्ने सामाग्री चलाउनको लागि सबै मिडिया बन्देबस्त गरिदिने प्रस्ताव गरे ।

केहीले त केन्द्रीय मन्त्रीहरु अरुण जेटली, मनोज सिन्हा, जयन्त सिन्हा, मेनका गान्धी र तिनका छोरा वरुण गान्धीको विरुद्ध समाचार बनाउन सहमती दिए ।

यहाँ सम्म कि यी सस्थान एनडिए सरकारमा भाजपाको सहयोगी दलका ठूला ठूला नेताहरु अनुप्रिया पटेल, ओमप्रकाश राजभर र उपेन्द्र कुशवाहविरुद्ध पनि समचार बनाउन तयार रहेका देखिन्छन् ।

केही मिडिया सस्थान प्रशान्त भूषण, दुष्यन्त देवे , कामिनी जयसवाल र इन्द्रीरा जय सिंह जस्तो कानुनी जानकार र नागरिक सामाजका चिर परिचित अनुहारहरुलाई बदनाम गर्न पनि सहमत देखिए ।
साथमा केही सस्थानहरुले आन्दोलन गर्ने किसानहरुलाई माओवादीको रुपमा प्रस्तुत गर्न पनि सहमत भए ।

मिडिया सस्थान राहुल गान्धीजस्ता नेताहरुको चरित्र हत्या गर्नको लागि पनि खास सामाग्री तयार गर्न र त्यसलाई बढावा दिन राजी भए ।

कोब्रापोस्टले उसको ‘स्टिंग अप्रेशन’मा उत्तर प्रदेशको क्याबिनेट मन्त्री ओम प्रकाश राजभरको सहयोग पाएको थियो । राजभरको सुहेल देव भारतीय समाज पार्टीले पुष्प शर्माका लागि ‘स्टिंग अप्रेशन’को दौरान पार्टीको मध्य प्रदेश इकाईको प्रदेश अध्यक्षको रुपमा प्रस्तुत हुन मद्दत गरे ।

‘अपरेशन १३६’को दौरान पत्रकारले आफैले पनि सुहेल देवा भारतीय समाज पार्टीका मध्य प्रदेश इकाईको अध्यक्ष बताएका थिए ।
सन् २०१७ मा ‘प्रेस इन्डेक्स’मा भारत विश्वको १३६ औं स्थानमा रहेको थियो  । यसैसँग जोडेर यो गोप्य अनुसन्धानको नाम ‘अपरेशन १३६’ राखिएको हो ।

विभिन्न मिडिया संस्थान र तिनको अधिकारीहरुको नाम जोसँग कोब्रापोस्टले गफ गरेको थियो 
१.इण्डिया टीवी–जितेन्द्र कुमार, डेपुप्टी भाइस–प्रेसिडेन्ट(सेल्स),(नोएडा)
२.दैनिक जागरण–संजय प्रताप सिंह, एरिया म्यानेजर(बिहार, झारखण्ड, ओडिशा)
३.सब नेटवर्क–कैलाश अधिकारी, म्यानेजिङ्ग डाइरेक्टर(मुम्बई)
४.जी सिनर्जी एण्ड डीएनए–रजत कुमार ,मुख्य राजस्व अधिकारी
५.हिन्दी खबर–अतुल अग्रवाल, डाइरेक्टर एण्ड एडिटर इन चीफ(नोएडा)
६.९ एनएक्स– प्रदीप गुहा, सिईओ(गुडगाव)
७.समचार प्लस–अमित त्यागी, सिनियर सेल्स(नोयडा)
८.एचएनएन लाइव–अमित शर्मा, सीईओ(देहरादून, उत्तराखण्ड)
९.पंजाब केसरी–सूनील शर्मा
१०.स्वतन्त्र भारत–संजय सिंह श्रीवास्तव एडिटर एण्ड बिजनेस हेड(लखनऊ)
११.स्कूप व्हूप–सात्विक , सीईओ(दिल्ली)
१२.रेडिफ डट कम–विराज खानधादिया, एसोसिएट डायरेक्टर एड सेल्स(मुम्बई)
१३.आज(हिन्दी डेली)–हरिन्दर सिंह साहनी, बीजनेस हेड
१४.साधाना प्राइम न्यूज–आलोक भट्ट, डाइरेक्टर(लखनऊ)
१५.अमर उजाला–हिमाशुं गौतम, बिजनेस हेड(दिल्ली)
१६.यूएनआई–नरेन्द्र कुमार श्रीवास्तव, व्यूरो प्रमुख(दिल्ली)

Ratopati

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com