रक्सीले मातेका वडाध्यक्ष तिलक न्यौपाने कार्यालयबाट पक्राउ


प्रकाशित मिति : चैत्र १५, २०७४ बिहीबार

चैत १५, झापा । मेचीनगर नगरपालिकाका  २ का वडाध्यक्ष तिलक न्यौपाने रक्सी पिएर कार्यालय पुगेपछि पक्राउ परेका छन् । रक्सी पिएर कार्यालय पुगेकाका न्यौपानेले स्थानीयलाई गालीगलौज गरेपछि प्रहरीले पक्राउ गरेको हो ।

गत असार १४ गते भएको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका न्यौपानेले सुरूबाटै मदिरा पिउने गरेका थिए । उनी बाहुनडाँगी गाविसका पूर्व उपाध्यक्ष समेत हुन् । जनप्रतिनिधि भएर पनि उनी मदिरा पिएर गाउँलेलार्इ सताउँदै हिँड्ने गरेका प्रहरीले जनाएको छ ।

जिल्ला समन्वय समितिकी सदस्य गंगा कार्कीसहित पुगेका स्थानीय व्यक्ति र वडा सदस्यहरुलाई समेत उनले मातेको सुरमा गाली गरेका थिए । निर्वाचित भएपछि लगातार रक्सी खाँदै आएका न्यौपानेलाई यसअघि पार्टीले सम्झाएको थियो । उनलार्इ इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी टंकप्रसाद भट्टराई नेतृत्वको टोलीले पक्राउ गरेको हो ।

यो घटनाले मेचीनगर २ को एमाले पङक्तिमा समेत धक्का पुगेको छ । नेपाली काङ्ग्रेसका हिम्मत क्षेत्री र माओवादीका उत्तम सिठुङलाई हराउँदै उनी अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रहरी पुगेपछि उनले आफुलाई जनताले निर्वाचित गरेर जिम्मेवारी दिएकाले पक्रनुपर्ने कुनै कारण नभएको जिकिर गरेका थिए ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com