प्रदेश ३ को राजधानी सार्न प्रस्ताव


प्रकाशित मिति : चैत्र १५, २०७४ बिहीबार

प्रदेश ३ को स्थायी राजधानी बनाउने विषयमा प्रदेश सभा सचिवालयमा चार सांसदले लिखित प्रस्ताव दर्ता गरेका छन् । प्रदेश सभा सांसदहरू लक्ष्मण लम्साल, रत्नप्रसाद ढकाल र वसुन्धरा हुमागार्इंले काभ्रेलाई स्थायी राजधानी बनाउन माग गर्दै प्रस्ताव दर्ता गराएका हुन् ।

सो प्रस्तावका प्रस्तावक चन्द्रबहादुर लामा छन् । काभ्रेको आइटी पार्कमा राजधानीको संरचना निर्माण गर्न सकिने भन्दै उनीहरूले प्रस्ताव दर्ता गरेका हुन् ।

स्थायी राजधानी तोक्ने विषयमा प्रदेशको भौगोलिक अवस्थिति, जनचाहना, पहुँचको सुलभता र भौतिक पूर्वाधारलगायत दृष्टिले काभ्रेको बनेपा, पनौती र धुलिखेलस्थित आइटी पार्क उपयुक्त रहेकाले त्यसलाई स्थायी राजधानी तोक्न उनीहरूले माग गरेका छन् ।

उनीहरूले संविधानको धारा २८८ को उपधारा २ अनुसार प्रस्ताव दर्ता गरेका हुन् । हेटौँडामा जारी प्रदेश सभा बैठकमा बुधबार राजधानीका विषयमा कुरा उठेको हो । जहाँ तोकिए पनि चाँडोभन्दा चाँडो राजधानीको विषयलाई टुंगो लगाउनुपर्ने धारणा सांसदहरूले राखेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com