‘कृ’ टोलीले तिरे ११ लाख क्षतिपूर्ति


प्रकाशित मिति : चैत्र १४, २०७४ बुधबार

अनुमति बिना आफ्नो फिल्ममा लोकप्रिय ‘उकालीमा अघिअघि ओरालीमा पछिपछि’ बोलको गित प्रयोग गरेका ‘कृ’ फिल्मका निर्माता सुवास गिरीले क्षतिपूर्तिस्वरुप फिल्म ‘सम्झाना’का निर्माता शम्भु प्रधानलाई ११ लाख रुपैँया तिरेका छन् ।

त्यो रकमवापतको कर ‘कृ’का निर्माता सुवास गिरी र सम्झनाका निर्माता शम्भु प्रधानले आधाआधा तिर्ने सहमति पनि भएको छ।

११ लाख रुपैयाँ बुझेपछि निर्माता प्रधानले यो नेपालमा पाइरेसीमा क्षतिपूर्ति तिरेको पहिलो घटना भएको बताए। ‘मेरो फिल्म बनाउँदा कति पैसा लागेको थियो भन्नेतिर नजाउँ तर यसले अर्काको कपिराइट्समा अनुमतिबिना प्रयोग गर्न नमिल्ने पनि सन्देश मिलेको छ,’ प्रधानले भने।

फिल्मको गीत पाइरेसी गरेको अभियोगमा निर्माता गिरीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार नियन्त्रणमा लिएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

काठमाडौं–१० बानेश्वर बस्ने शम्भु प्रधानले २०४३ सालमा निर्माण गरेको चलचित्र सम्झनामाको ‘उकालीमा अघिअघि ओरालीमा पछिपछि‘’ गीत ‘कृ’ फिल्ममा बिना अनुमति प्रयोग गरेको अभियोगमा गिरीलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको थियो।

महानगरीय प्रहरी परिसरमा यो विवाद साम्य पार्न अभिनेता भुवन केसी, निर्देशक आकाश अधिकारी, निर्माता अशोक शर्मालगायत उपस्थित थिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com