Follow @khasokhasmag

अध्यागमनमा जब पाकिस्तानी प्रधानमन्त्रीको कोट खोलियो


प्रकाशित मिति : चैत्र १४, २०७४ बुधबार

पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासीमाथि  अमेरिकी एअरपोर्टमा कडा चेकजाँच गरिएको पाकिस्तानी समाचार संस्थाहरुले जनाएका छन् । अमेरिका भ्रमणको क्रममा न्युयोर्कस्थीत जे.एफ.के. अन्तराष्ट्रिय विमानस्थलमा उनलाई आम मानिसजस्तो सुरक्षा जाँच गरिएको हो । यो घटना अमेरिका र पाकिस्तानबीच विग्रदो सम्बन्धको खबरबीच आएको हो ।

शाहिद खाकान अब्बासीले आफ्नो व्याग र कोट बोकेर एअरपोर्टको सुरक्षा जाचँ गर्ने ठाँउबाट निस्किरहेको फुटेज पाकिस्तानी टेलिभिजन च्यानल र सामाजिक सञ्जालमा शेयर भइरहेको थियो । यो दृश्यलाई पाकिस्तानी मिडियाहरुले ‘अपमान’को रुपमा व्याख्या गरिरहेका छन् ।

जियो न्युजले पाकिस्तानी प्रधानमन्त्री पछिल्लो हप्ता निजी भ्रमणमा अमेरिका गएको बतायो । रिपोर्ट अनुसार उनी आफ्नी बहिनी भेट्न गएका थिए र सो क्रममा उनले साधारण यात्रुहरुले पालना गर्ने सुरक्षा जाँचमा पालना गर्नु परेको थियो । जियो न्युजका अनुसार अब्बासी सरलताका लागि परिचित छन् ।

यही भ्रमणमा उनले अमेरिकी उपराष्ट्रपति माइक पेन्सलाई भेटेको रिपोर्ट आएको छ । अमेरिकाले पाकिस्तानलाई आतङ्गवाद अन्त्य गर्नका लागि उसले अझ धेरै गर्नु पर्ने बताएको छ ।

केही मिडियाहरुले अब्बासीले राष्ट्र प्रमुखको हिसाबमा कुटनैतिक पासपोर्ट हुदाँ हुदै त्यस्तो अपमानजनक प्रक्रियाबाट गुज्रेकोमा आलोचना गरेका छन् ।

यो घटना अमेरिकाले पाकिस्तानविरुद्ध भिसा प्रतिबन्ध लगाएत अन्य कदमहरु चाल्ने सोच बनाइरहेको हल्ला बीच आएको छ ।

अमेरिकाले हालसालै सात पाकिस्तानी कम्पनीहरुलाई आणविक व्यापारसँग जोडेर कारवाही गरेको छ । यसले पछिल्लो समय विग्रेको अमेरिका र पाकिस्तानको सम्बन्धमा झनै खराब बनाएको छ ।

ट्रम्प प्रशासन पाकिस्तानले अफगान लडाकुलाई आफ्नो भूमीमा आश्रय दिएर अमेरिकी सरकार समर्थित अफगानिस्तान सरकारमाथि आक्रमण गराउन सहज बनाएको आरोपमा इस्लामावादमाथि अभुतपूर्व कारवाही गर्ने तयारीमा छ । यही जनवरीमा १.३ अर्ब अमेरिकी डलरको सैन्य सहयोग स्थगित गरे पछि पनि पाकिस्तानले आफ्नो भुमीमा रहेका अफगान सैन्यलाई कारबाही नगरेको अमेरिकी अधिकारीहरुले आरोप लगाएका छन् ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com