Follow @khasokhasmag

१६ बर्षकी किशोरीले लगाइन् आफ्नै दाजुमाथि बलात्कारको आरोप, प्रहरीले गर्यो मुद्दा दर्ता


प्रकाशित मिति : चैत्र १४, २०७४ बुधबार

प्रेम सुनार

गुल्मी–गुल्मीबाट एउटा दर्दानक घटना बाहिर आएको छ ।

आफ्नै सहोदर दाईले बहिनीलाई बलात्कार गरेको आरोपसहितको घटना सतहमा आएको छ ।

बुधवार जिल्ला प्रहरी कार्यालय गुल्मीमा आफ्नै दाजुबाट वलात्कृत भएको भन्दै एक किशोरीले मुद्धा दायर गरेकी छन् ।

घटना चैत्र १२ गते दिउँसो ३ वजेर १५ मिनेटको हो ।

गुल्मीकै धुर्कोट गाउँपालिका–५ स्थित घरमै बसेकी १६ बर्षीय बहिनीमाथि अत्याचार भएको बताइएको छ ।

दाजुको उमेर २८ बर्ष छ ।

बहिनीको गोपनियताका कारण हामीले उनको नाम यहाँ राखेका छैनौँ ।

पीडितले चैत्र १२ गते अगाडि पनि गलत मनसाय राख्ने गरेको बताएकी छिन् ।

आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

जै अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालयका प्रवत्ता प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीले बताए ।

रातोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय पुग्दा पीडित किशोरी कारुणीक अवस्थामा थिईन ।

तम्घासको एक वोर्डिङ्गको कक्षा ९ मा पढ्ने उनी केहि दिन अघि विरामी परेर घरमा गएकी थिईन् ।

किशोरीले पीडा सुनाइन्, ‘कल्पना भन्दा वाहिरको कुरा गर्यो मेरो माईलो दाजुले ।’

जिल्ला प्रहरी प्रमुख एसपी अनुरागकुमार द्धिवेदीले यस घटनाको उच्चारण गर्न पनि मन नलागेको बताए ।

जिल्ला अस्पतालका डा.सुरेन्द रायमाझी किशोरी दुई पटक बेहोस भएको र उनको शरिरमा दातले टोकोको चोट देखिएको बताए ।

बलात्कार भए नभएको थप जाँचका लागि काठमाडौं पठाएको उनले बताए । अस्पतालमा उनको प्रारम्भिक जाँच गरिएको थियो ।

उनले आफ्नो लामो प्रहरी सेवा अवधीमा यो  यस्तो लज्जित घटना पहिलो भएको बताउँछन् ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com