नयाँ ‘शो’ कासाथ आउने भए अमेरिका निवासी पत्रकार थापा


प्रकाशित मिति : चैत्र १२, २०७४ सोमबार

टेलिभिजन पत्रकारितामा चर्चित अमेरिकाको टेक्सास निवासी नेपाली पत्रकार सूर्य थापाले नयाँ भिडियो शो ‘यु स्टार्ट अगेन’ सुरु गर्ने भएका छन् । नेपालमा एबीसी टेलिभिजनमा लामो समय काम गरिसकेका पत्रकार थापासँग अमेरिकामा ह्वाइट हिमाल टेलिभिजनमा काम गरेको लामो अनुभव छ । उनीसँग नेपालमा एफ एम रेडियोहरु र पत्रपत्रिकाहरुमा समेत काम गरेको अनुभव छ । भिडियो कार्यक्रम पाक्षिक रुपमा निर्माण हुने थापाले जनाएका छन् ।

नेपालमा अधिकार प्राप्तीका लागि दोश्रो जनआन्दोलन चलिरहेको बेला पत्रकारितामा होमिएका पत्रकार हुन् सूर्य थापा । गुल्मी जिल्लामा जन्मेर राजधानीलाई पत्रकारिताको कर्मथलो बनाएका पत्रकार थापा जनआन्दोलनमा रिर्पोर्टिङ क्रममा घाईते समेत भएका थिए । एबीसी टेलिभिजनमार्फत उनले फिल्ड रिर्पोर्टिङ र लाइभ रिर्पोर्टिङमा अलग्गै पहिचान बनाएका थिए ।

सन् २०१० मा अमेरिका आइसकेपछि अमेरिकी सरकारको विदेशमन्त्रालय अन्तरगत वैदेशिक संचार केन्द्रबाट पत्रकारिताका लागि मान्यता पाएका थापाले त्यसपछि लगातार नेपाली समुदायका बारेमा रिर्पोर्टिङ गर्दै आएका थिए । सन् २०११ देखि अमेरिकामा पहिलो पटक २४ सै घण्टा सन्चालनमा आएको नेपाली भाषाको टेलिभिजन ह्वाईट हिमाल टेलिभिजनमा कम्युनिटी सम्बन्धी बिभिन्न कार्यक्रम सन्चालन गरेका थापाले कार्यक्रम उत्पादन तथा सन्चालन गरेका थिए ।

आगामी कार्यक्रमबारे जानकारी दिन आइतबार ड्यालसको युलेसमा आयोजित विशेष कार्यक्रममा थापाले अमेरिकामा रहेका नेपाली समुदायको उतार चढाव, प्रगति, उन्नतिका विषय समेटेर यु स्टार्ट अगेन सञ्चालन गर्न लागेको जानकारी दिए । अमेरिकामा रहेका प्रवुद्ध नेपाली समुदायको बाक्लो उपस्थिती रहेको कार्यक्रममा थापाले कार्यक्रम सुरु गर्नुपर्नाको पृष्ठभूमिका बारेमा उल्लेख गर्दै नेपाली समुदायले गरेका, भएका कामहरुका बारेमा भने मिडिया मार्फत सार्वजनिक गरेर अरुलाई पनि उत्प्रेरणा दिने बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रममा महानायक राजेश हमाल, नेपाल सरकार परराष्ट्र मन्त्रालयका सल्लाहकार तथा एनआरएन अमेरिकाका पूर्ब अध्यक्ष खगेन्द्र जिसी, अवैतनिक महाबाणिज्यदूत ऋषि ढकाल, नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्ट लगायतले थापालाई शुभकामना दिएका थिए ।

थापालाई सफलताको कामना गर्दै नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्ट, नेकपा एमाले सचिव योगेश भट्टराई, अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्की, न्यूयोर्क स्थित नेपाली कन्सुलर जनरल मधु मरासैनी, एनआरएन महासचिब डा बद्री केसी कलाकारहरु बद्री पँगेनी, सीताराम कट्टेल ‘धुर्मुस’ ले पनि भिडियो सन्देश पठाएका थिए ।

नेपाली समाज टेक्ससका पूर्ब अध्यक्ष कृष्ण लामिछानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा एनआरएन आइसिसीका सल्लाहकार हरिबोल भण्डारी, एनआरएन अमेरिकाजका क्षेत्रीय संयोजक गौरीराज जोशी, एनआरएन अमेरिकाका उपाध्यक्ष सुनिल शाह, प्रवासी मञ्चकी केन्द्रीय उपाध्यक्ष यमुना भट्टराई, अल नेप्लिज एसोसिएसन अफ अमेरिकाका महासचिव विजयराज भट्टराई, हेम सरिता फाउण्डेसनका हेम पाठक लगायतले कार्यक्रमको सफलताको लागि शूभकामना व्यक्त गरेका थिए ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com