सानफ्रान्सिस्कोमा बौद्धिक भेला आयोजना गरिने


प्रकाशित मिति : चैत्र १२, २०७४ सोमबार

अमेरिका क्यानडा लगायत विश्वका विभिन्न देशमा रहेर आफ्नो विषय र क्षेत्रमा दक्षता हासिल गर्नुभएका गैरआवासिय नेपालीको सहभागितामा अमेरिकाको क्यालिफोर्निया स्थित सनफ्रान्सिस्कोमा जुन १६ र १७ मा बौद्धिक भेला आयोजना गरिने भएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) एनआरएनए अमेरिकाज् र एनआरएनए अमेरिकाको संयुक्त पहलमा यो भेला हुन लागेको हो ।
 
भेलामा अमेरिका क्यानडा लगायत विश्वका विभिन्न देशमा कार्यरत वैज्ञानिक, प्राध्यापक, डाक्टर, इन्जिनियर, व्यवसायी, विदेशमा राजनीतिमा संलग्न लगायत कुनै विषयमा दक्षता हासिल गर्नुभएका नेपाली र नेपाली मुलका गैर आवासीय नेपाली सहभागी हुनुहने छ । सम्मेलनको मुख्य उद्देश्य विदेशमा आफ्नो विषयमा दक्ष गैर आवासीय नेपालीको ज्ञान र सिपलाई नेपालको आर्थिक विकास र समृद्धिमा कसरी जोड्न सकिन्छ भन्ने रहेको छ ।
 
चिकित्सा, प्रविधि, अर्थशास्त्र, विज्ञान, उद्योग व्यवसाय लगायत थुप्रै विषयमा सफल दक्ष नेपाली विभिन्न देशमा कार्यरत हुनुहुन्छ । यो सिप  र दक्षतालाई नेपालमा कसरी उपयोग गर्न सकिन्छ यसका लागि बौद्धिक वर्गसँगै सल्लाह सुझाव लिन भेला आयोजना गर्न लागिएको हो । भेलामा  नेपाल सरकारका विशिष्ट अधिकारी, बौद्धिक व्यक्तित्व र व्यवसायी पनि सहभागी हुनुहुने छ । बौद्धिक भेलामा एनआरएनएका केन्द्रीय पदाधिकारीपनि सहभागी हुनुहुने छ ।
 
एनआरएन अमेरिकाज् क्षेत्रका संयोजक गौरी जोशीले  भन्नुहुन्छ ,अमेरिका र क्यानडा लगायत विश्वका विभिन्न देशका रहनुभएका नेपाली बौद्धिक वर्गको पहिलो भेला अमेरिकामा हुन लागेकोमा हामी उत्साहित छौँ । यो भेलाले विदेशमा बस्ने नेपाली समुदाय र नेपालको आर्थिक सामाजिक विकासमा नेपाली बौद्धिक वर्गको सिप र दक्षतालाई जोड्न मद्दत गर्ने छ भन्ने विश्वास छ ।
 
भेलामा नेपाल सरकारका उच्च पदस्थ व्यक्तित्व, बौद्धिक वर्ग, र व्यवसायी समेत सहभागी हुदां विदेशमा रहनुभएका नेपाली मुलका बौद्धिक वर्गलाई नेपालको अािर्थक र सामाजिक विकासमा कसरी जोड्ने सकिन्छ भन्ने सम्भावना पनि खोजी हुने छ, भन्नेमा म आशावादी छु जोशीले भन्नुभयो । विदेशमा कार्यरत थुप्रै बौद्धिक वर्ग नेपालले आफ्नो सिप र दक्षता उपयोग गरोस् भन्ने चाहनु हुन्छ नेपालमा पनि विश्वमा दक्षता हासिल गर्नुभएका गैर आवासीय नेपाली सिप र दक्षता देशका लागि उपयोग हो त्यसबाट केही योगदान पुगोस् भन्ने चाहना छ, यो भेला यसकै लागि पुल हुन, सक्छ जोशीले भन्नुभयो ।
 
एनआरएन अमेरिका कार्यसमितिले यो कार्यक्रमलाई सफल बनाउने निर्णय गरेको छ । विदेशमा आफ्नो क्षेत्रका नेपाली विशेषज्ञहरु कार्यरत हुनुहुन्छ अमेरिकामा यो सङ्ख्या निकै ठुलो छ, त्यही भएर यहाँ हुन लागेको बौद्धिक भेला महत्त्वपूर्ण छ एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलले भन्नुभयो । बौद्धिक भेलामा विदेशमा विज्ञता हासिल गर्नुभएका नेपाली वैज्ञानिक,  बौद्धिक वर्गलाई नेपालको विकास र समृद्धिमा जोड्ने कसरी सकिन्छ, यो छलफल हुने भएकाले महत्त्वपूर्ण भएको हो र एनआरएनएको क्षेत्रीय कार्यक्रम पनि हो पौडेलले भन्नुभयो ।
यो एनआरएन अमेरिकाज् क्षेत्रको क्षेत्रीय कार्यक्रम भए पनि अन्य क्षेत्रबाट सहभागी हुन सकिने छ , जोशीले भन्नुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com