द्वन्द्वको समयमा बेपत्ता बुबाको सम्झनामा स्वास्थ्य केन्द्रलाई एक करोडको जग्गादान


प्रकाशित मिति : चैत्र ११, २०७४ आईतबार

चैत ११, तुलसीपुर, दाङ । तुलसीपुर उपमहानगरपालिका–८ अश्वारा निवासी अभिषेक शाहले आफ्ना बुबा भीमसेन शाहको सम्झनामा यहाँ शहरी स्वास्थ्य केन्द्र स्थापनाका लागि एक करोड पाँच लाख मूल्य बराबरको सात कट्ठा जग्गादान गरेका छन्।

शाहले तुलसीपुर उपमहानगरपालिका–१ ‘ख’ कित्ता नं १६३ बाट सात कट्ठा जग्गा शनिबार स्वास्थ्य प्रवद्र्धन केन्द्रका लागि दिएका हुन्। सो वडाका वडाध्यक्ष बेदु केसीको उपस्थितिमा उनले जग्गा प्रदान गरेका हुन्। ‘बुबा हामीमाझ रहँदासम्म सामाजिक काम र समाजमा महत्वपूर्ण योगदान गर्दैआउनुभएको थियो त्यसैको निरन्तरताका लागि मलाई पनि केही काम गर्ने मन लागेको होे’, अभिषेकले भने।

भीमसेन शाहलाई सशस्त्र द्वन्द्वको समयमा तत्कालीन विद्रोही पक्ष माओवादीले अपहरण गरी बेपत्ता बनाएको थियो । उनको अवस्था अझैसम्म अज्ञात रहेको छ। रासस

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com