उदयपुरको बेल्टार बजार तनावग्रस्त, दर्जनौँ सेल अश्रुग्यास प्रहार


प्रकाशित मिति : आश्विन २७, २०७३ बिहीबार

उदयपुर जिल्लाको बेल्टार बसाहा नगरपालिकाअन्तर्गत बेल्टारबजार गएरातिदेखि तनावग्रस्त बन्न पुगेको छ भने भीडलाई नियन्त्रण गर्न प्रहरीले दर्जनौँ राउन्ड अश्रुग्याससमेत प्रयोग गरेको छ ।

बेल्टार–२ सिरबानी बस्ने राजेन्द्र कटुवालकी श्रीमती भीमकुमारी कटुवालको पाँच दिनअघि मोरङको सिजुवास्थित बेतौनाको जङ्गलमा हत्या भएको थियो । गएराति उनको शव ल्याउने क्रममा बेल्टारबजारमा हजारौँको सङ्ख्यामा स्थानीयवासी राजेन्द्रको विरुद्ध आन्दोलनमा उत्रेपछि बेल्टारबजार तनावग्रस्त बन्न पुगेको स्थानीयवासी शिवकुमार राईले बताउनुभयो ।भीमकुमारीको शव ल्याउने बित्तिकै माइती पक्षका र हजारौँ स्थानीयवासी, राजेन्द्र र उनका आफन्तविरुद्ध प्रत्यक्षरुपमा जाइलागेपछि झडप सुरु भएको कुरा इलाका प्रहरी कार्यालय बेल्टारले बताएको छ ।उक्त झडप नियन्त्रण गर्न इलाका प्रहरी कार्यालयको सम्पूर्ण प्रहरी शक्ति प्रयोग गरेर दर्जनौँ राउन्ड अश्रुग्यास प्रयोग गर्नु परेको इलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख भीमकान्त सिलवालले बताउनुभयो । प्रहरीले सम्पूर्ण जनशक्ति लगाएर रातिको १२ बजेसम्ममा भीड नियन्त्रण भएपनि अझैसम्म बेल्टारबजार तनावग्रस्त रहेको कुरा स्थानीयवासीले बताएका छन् ।

बजारक्षेत्र तनावग्रस्त बन्दै गएपछि प्रहरी शक्तिसमेत अन्य क्षेत्रबाट थप्ने कार्य सुरु भएको र सम्भावित घटनालाई नियन्त्रण गर्ने तयारी प्रहरीले गरेको इलाका प्रहरी कार्यालय बेल्टारले गरेको छ । प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएका राजेन्द्रसहित आफन्तलाई भीमकुमारीको शव लिन मोरङ पठाएर राति भीमकुमारीको शव ल्याउनेक्रममा बेल्टारबजारमा झडप र तनाव सुरु भएको प्रहरीले बताएको छ ।

अहिले बजार क्षेत्र तनावग्रस्त भए तापनि स्थानीय बुद्धिजीवी, राजनीतिक दलसहितका भद्रभलादमीलाई बोलाएर सो विषयमा छलफल गर्न इलाका प्रहरी कार्यालय बेल्टारले तयारीसमेत गरेको प्रहरी प्रमुख भीमकान्त सिलवालले बताउनुभयो । भीमकुमारीको शव पनि इलाका प्रहरी कार्यालय बेल्टारमा नै प्रहरीको नियन्त्रणमा राखिएको प्रहरीले बताएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पाँच दिनअघि भीमकुमारी कटुवालको मोरङको सिजुवामा बस्दै आएका आफ्नै देवर सुवास कटुवालले फोनबाट बोलाएर नजिकैको बेतौनाको जङ्गलमा लगेर बीभत्स तरिकाले हत्या गरेर सुवासले विष सेवन गरेका थिए । अहिले सुवासको अस्पतालमा उपचार भइरहेको छ भने भाउजूको हत्या आफूले नै गरेको स्वीकार गरेको पनि प्रहरीले बताएको छ । तर भीमकुमारीको हत्यामा राजेन्द्र आफैँ र सबै घरपरिवारको संलग्नता रहेको भीमकुमारीको माइती पक्षको दाबी रहेको छ ।

राजेन्द्र स्वयम् पनि प्रहरी सेवामा कार्यरत रहेको र यसअघि नै उसले कान्छी श्रीमतीसमेत विवाह गरेर लुकाएर राखेका कारण भीमकुमारीको हत्या गरेको माइती पक्षको आरोप रहेको पनि प्रहरीले बताएको छ ।

यसअघि नै राजेन्द्रको परिवारका सबै ६ जना र राजेन्द्रसहितलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेको पनि इलाका प्रहरी कार्यालय बेल्टारले बताएको छ । रासस 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com