जोगी, ब्यापारी र मगन्तेका नाममा अपराधी र जासुस छ्याप्छ्याप्ती !


प्रकाशित मिति : आश्विन २७, २०७३ बिहीबार

उपत्यका लगायत नेपालको बिभिन्न भागमा विगत केही समयदेखि अस्वाभाविक रुपमा जोगी र मगन्तेको भेषमा मानिसहरु छ्याप्छ्याप्ती देखिन थालेका छन् ।

कालो कपडामा जोगी जस्तो लाग्ने कैयन मानिसहरु मन्दिर, विदेशी दूतावास आसपासदेखि मुख्य बजारमा यत्र त्यत्र ठुलो संख्यामा देखिन थालेका छन् । उनीहरुलेहरु असामान्य रुपमा जबर्जस्ती पैसा माग्ने र खासगरी विदेशी पर्यटकलाई धेरै लामो पछ्याउने र पैसा नदिए गाली गर्ने समेत गर्दछन् । सरकारी अफिस र सिंहदरवारभित्र समेत घुसेर पैसा माग्दै गरेको समेत पाइएको छ ।

सामाजिक अभियन्ता शेखर ढुंगेल भन्नुहुन्छ – ‘उनीहरुलाई कसैले ल्याएर जासुसका रुपमा छाडेको समेत हुनसक्छ । उनीहरुले अपराधीलाई सघाउन जासुसका रुपमा समेत काम गरेका हुनसक्छन् । यसबारे राज्यको ध्यान जान जरुरी छ ।’

उनीहरुमध्ये कैयनले नेपाली, हिन्दी, भोजपूरी वा मैथली भाषासमेत बुझ्दैनन् । शहरमा यस्तो मानिसको बृद्धिले शहरमा असुविधा मात्र भएको छैन, घर पसलको सुरक्षामा समेत असर पारिरहेको छ ।

उनीहरुमध्ये कैयन सामान बेच्ने वा पैसा माग्ने बहानामा घरभित्र सिधै घुस्ने गरेका छन् ।

शेखर ढुंगेल भन्नुहुन्छ – ‘घरभित्र पसेर चोरी गर्ने वा ज्यानै लिनेसम्मका घटना समेत हुनसक्ने भएकाले सावधान हुन जरुरी छ । अपराधी र जासुस नभएपनि सडकमा पछ्याएर जबर्जस्ती माग्ने गर्दा विदेशीका अगागि लज्जा र सामाजिक बिकृति बढिरहेको छ ।’

पसल पसलमा पुगेर कहिले एक्लै त कहिले सामुहिक रुपमा माग्ने तथा पैसा नदिए सामान समेत उठाएर लग्ने गरेको गुनासो ब्यापारीहरुको छ । समयमै सम्बन्धित निकायको ध्यान नपुगे यसले दीर्घकालिन रुपमा नेपाली समाजमा नकारात्मक असर पार्ने तथा सघन समस्याको रुपलिन सक्ने सरोकारवालाको चासो रहेको छ ।

SONY DSC
SONY DSC
SONY DSC
SONY DSC
SONY DSC
SONY DSC
SONY DSC
SONY DSC
SONY DSC
SONY DSC

348

352

353

355

356

360

SONY DSC
SONY DSC
SONY DSC
SONY DSC
© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com