नेपाली अनाथसँगै अमेरिकी शिक्षिकाले लगाइन् दशैंको टिका


प्रकाशित मिति : आश्विन २७, २०७३ बिहीबार

 

सिएनएन हिरो म्यागी डोयनको सहयोगमा अमेरिकाको न्युजर्सीमा अध्ययन गरिरहेका तीनजना अनाथ विद्यार्थीहरुसँगै सोही स्कुलकी क्रिश्चियन शिक्षिकाले न्युयोर्कमा टिका ग्रहण गरेर दशैं मनाएकी छिन् ।

न्युजर्सीको पेक स्कुलकी शिक्षिका सुजी बेकर र विद्यार्थीहरु कृष्ण शाही, सागर सुनार र भक्त सिजालले न्युयोर्कको रिजउडमा नेपाली दुर्गा मन्दिरमा उपस्थीत भएर दशैंको टिका लगाएका हुन् ।

विद्यार्थीहरु कृष्ण शाही, सागर सुनार र भक्त सिजालले सिएनएन हिरो म्यागी डोयनको सहयोगमा नेपालबाट अमेरिकाको न्युजर्सीमा आएर अध्ययन गरिरहेका छन् । म्यागीले विद्यार्थीहरुलाई नेपाली संस्कृतिसँग नजिक राख्ने चाहना राखे अनुरुप अपिल सापकोटाले उनीहरुलाई सम्पर्क गरी टिका लगाउने व्यवस्था मिलाएका थिए ।

शिक्षिका सुजी बेकर र तीनजना विद्यार्थीहरुले हरिनारायण सापकोटाबाट दशैंको टिका र जमरा ग्रहण गरेका हुन् । उनीहरुले दशैंको टिका र जमरा ग्रहण गरिरहँदा बेद खरेल र झबिन्द्र खरेल पनि उपस्थीत भएर दशैंको शुभकामना आदान प्रदान गरेका थिए ।

अमेरिकाको न्युजर्सी राज्यमा बेबी सिटिंगको जागिरबाट गरेको आम्दानीले जिन्दगीको गुजारा चलाउदै गर्दा बचेको सानो हिस्साको रकम बोकेर नेपाल घुम्न गएकी म्यागी डोयनले पश्चिम नेपालको सुर्खेतका अनाथ बालबालिकाको अवस्था देखेर उनीहरुको हितमा काम गार्ने अठोट गरेको केहि बर्ष नबित्दै उनको सेवाको यात्रा सिएनएन हिरोको उपाधिबाट पुरष्कृत भएकी थिइन् ।

संयुक्त राज्य अमेरिकाको न्युजर्सी राज्यमा बसोबास गर्दै आएकी ३० वर्षिया डोयन पश्चिम नेपालको सुर्खेतमा अनाथ बालबालिकाको पालन पोषण र शिक्षा दिक्षाका लागि कोपिला भ्याली समाजको स्थापना गरी काम गर्दै आएकी छिन् । न्युजर्सीमा अध्ययन गरिरहेका तीनजना अनाथ किशोरहरु म्यागीकै सहयोगमा अमेरिका आएका हुन् ।

14650739_1193113444044876_2069824386861469753_n

14656450_1193114597378094_1167400014697045583_n

14671164_1193113450711542_1561544401834274273_n

14708286_1193113737378180_1439295837290702788_n

14717081_1193113594044861_3349031441792616415_n

14718761_1193113574044863_2591067754814497220_n

14721715_1193113404044880_1838890399963867043_n

14731215_1193113647378189_1049213195457184542_n

म्यागी डोयन
म्यागी डोयन
© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com