अमेजनमा रुचाइएका लेखकको सुचीमा राजन थपलिया टप फाइभमा


प्रकाशित मिति : चैत्र ५, २०७४ सोमबार

अमेजनको किन्डल भर्सनमा पाठकले अत्याधिक रुचाएर डाउनलोड गरेका पुस्तकका लेखकको सुचीमा न्युयोर्क निवासी नेपाली अमेरिकन युवा लेखक राजन थपलिया चौथो नम्बरमा परेका छन् । अमेरिकन कविताहरुको विधामा थपलियाको पुस्तक छैठौ नम्बरमा परेको छ ।

उनीभन्दा अगाडि वाल्ट ह्वाइटम्यान, एड्गार एलेन पो र रोबर्ट जिमरम्यानका पुस्तक परेका छन् । सुचीमा वाल्टका दुईवटा, एड्गार एलेन पोका दुईवटा र रोबर्ट जिमरम्यानको एउटा पुस्तक राजन थपलियाको भन्दा अगाडि परेको छ । ह्वाइटम्यान र एड्गार एलेन पो १८ औं शताब्दीका अमेरिकाका चर्चित साहित्यकारहरु हुन् ।

राजनको पुस्तक भर्जिनिया उल्फ, टीएस इलियट जस्ता महान साहित्यकारका पुस्तकलाई समेत उछिनेर लोकप्रिय पुस्तकहरुको सुचीमा अगाडि आएको थियो । यसअगाडि राजन थपलियाको अर्को पुस्तक फिफ्टी फाइभ इयर्स पनि अमेजनको किन्डल भर्सनमा टप टेनमा पर्न सफल भएको थियो ।

न्युयोर्क निवासी चर्चित नेपाली युवा लेखक राजन थपलियाको पुस्तक फिफ्टी फाइभ इयर्सको किन्डल भर्सन अमेजनमा टप टेन बेष्ट सेलरमा परेको छ । साहित्य विधा अन्तरगत अफ्रिकन अमेरिकन मिस्ट्री, थ्रिलर र सस्पेन्स पुस्तकहरुको सुचीमा थपलियाको पुस्तक टप टेनमा पर्न सफल भएको हो ।

४३ बर्ष जेलमा बसेर निस्किएको व्यक्तिको कथामा आधारित यो पुस्तक ४ महिना अगाडि प्रकाशित भएको थियो । १८ बर्षको उमेरमा प्रहरीको हत्या गरेर जेलमा परेका डानियल ज्याक्सनको बाल्यकालको सपना र उनले भोग्नुपरेको यथार्थबीचको मनोविज्ञानलाई कथामा देखाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com