न्युयोर्क निवासी साहित्यकार गीता खत्रीलाई विशिष्ट महिला साहित्य पुरस्कार


प्रकाशित मिति : चैत्र २, २०७४ शुक्रबार

यसवर्षको “अनेसास भवन भट्ट विशिष्ट महिला साहित्य पुरस्कार ” न्युयोर्क निवासी चर्चित महिला साहित्यकार गीता खत्रीले पाउनुहुने भएको छ । बिदेशमा रहेर नेपाली साहित्यमा उहाँले दिनुभएको योगदानको कदर गर्दै पुरस्कार दिन लागिएको जनाइएको छ ।

नेपाली साहित्यलाई विश्वव्यापिकरण गर्न सकारात्मक योगदान दिने एकजना नेपाली महिला साहित्यकारलाई हरेक दुईदुई बर्षमा प्रदान गरिने उक्त पुरस्कार यो बर्ष खत्रीले पाउनुहुने भएको हो । पुरस्कारको स्थापना एनआरएन अध्यक्ष भवन भट्टले गर्नुभएको हो । जसको राशी एक हजार अमेरिकी डलर रहेको छ ।

अनेसास केन्द्रीय कार्यसमितिद्वारा समालोचक लीला लुइँटेलको संयोजकत्वमा गठित विन्दिया सुब्बा र उन्नती बोहरा शीला रहेको पुरस्कार छनोट समितिले साहित्यकार खत्रीलाई पुरस्कारका लागि छनोट गरेको हो ।

मार्च २४ र २५ मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा भारतको सिक्किममा हुने तेस्रो अन्तर्राष्ट्रिय नेपाली महिला साहित्यिक सम्मेलनका पुरस्कार प्रदान गरिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हालै गीता खत्रीको कथासंग्रह अन्त्यहीन इच्छा प्रकाशित भएको छ भने तर यस अगाडि खत्रीका पाँचवटा पुस्तक भने प्रकाशित भइसकेका छन् । खत्रीले लेखेका गीतका चारवटा गिती एल्बम समेत बजारमा आइसकेका छन् । झोखाङदेखि मजाटलानसम्म नियात्रासंग्रह, आमा हुन् आमा खण्डकाब्य, सिर्जनायात्रामा गतिा गीतिसंग्रह, सपनाको धरहरा कवितासंग्रह र सिर्जनायात्रामा गीता कविता र गजलसंग्रह खत्रीका यसअघि प्रकाशित कृति हुन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com