राजन थपलियाको पुस्तक अमेजनमा ‘टप टेन’


प्रकाशित मिति : फाल्गुन ३०, २०७४ बुधबार

न्युयोर्क निवासी चर्चित नेपाली युवा लेखक राजन थपलियाको पुस्तक फिफ्टी फाइभ इयर्सको किन्डल भर्सन अमेजनमा टप टेन बेष्ट सेलरमा परेको छ । साहित्य विधा अन्तरगत अफ्रिकन अमेरिकन मिस्ट्री, थ्रिलर र सस्पेन्स पुस्तकहरुको सुचीमा थपलियाको पुस्तक टप टेनमा पर्न सफल भएको हो ।

४३ बर्ष जेलमा बसेर निस्किएको व्यक्तिको कथामा आधारित यो पुस्तक किन्डलमा दर्जनौंपटक डाउनलोड भएपछि १५ नम्बरमा आएको थियो । त्यसपछि केहीदिन पुस्तकले किन्डलमा १० औं नम्बर कायम गर्न सफल भएको थियो ।

प्रिन्ट भर्सनमा समेत उपलब्ध राजन थपलियाको यो पुस्तक ४ महिना अगाडि प्रकाशित भएको थियो ।

१८ बर्षको उमेरमा प्रहरीको हत्या गरेर जेलमा परेका बु्रकलिनका डानियल ज्याक्सनको बाल्यकालको सपना र उनले भोग्नुपरेको यथार्थबीचको मनोविज्ञानलाई कथामा देखाइएको छ । काल्पनिक पात्र डानियलको आत्मकथालाई कथामा प्रस्तुत गरिएको छ भने कथाको अन्त्यमा आत्मकथा लेखेर मरिसकेका डानियल र उनकी प्रेमिकाबीचको दर्दनाक क्षण समेत चित्रण गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

थपलियाको यो १२ औं कृति हो । थपलियाका यसअगाडिका ११ पुस्तक प्रिन्टमा  उपलब्ध छन् । यसअघि उनको पुस्तक शतप्रतिशत जीवन अर्थात् हण्ड्रेड पर्सेन्ट लाइफ बजारमा आएको थियो । जेलबाट छुटेपछि पनि आफ्नो बाल्यकालको सपना पूरा गरेका काल्पनिक पात्र डानियलको कथाले जीवनमा केही गर्न नसकेको भन्दै निराश हुनेहरुलाई समेत उच्च मनोवल प्रदान गर्ने लेखकको अपेक्षा छ ।

यो कथा पछि उपन्यासका रुपमा प्रकाशित हुने थपलियाले जानकारी दिएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com