माओवादी केन्द्रको अग्निपरीक्षा


प्रकाशित मिति : आश्विन २६, २०७३ बुधबार

दशवटा माओवादी घटक समूह र व्यक्तित्व सम्मिलित भएर निर्माण भएको नेकपा (माओवादी केन्द्र) अहिले जटिल एवम् गम्भीर सांगठनिक समस्याबाट ग्रस्त छ । पुरानो संरचना सबै समाप्त भएको तर नयाँ संरचना अझै पनि व्यवस्थित गर्न नसकेको छटपटी यो बेला यो पार्टीमा देखिन्छ । अहिले कतिपय ठाउँमा बनाएका सांगठनिक संरचना पनि कामै गर्न नसक्ने अत्यन्त भद्दा र अव्यावहारिक बनेका छन् । केन्द्रीय समितिको समस्या सबैभन्दा जटिल र गम्भीर बनेको छ । चार सय ९९ बाट सुरुवात गरेको यो संस्या अहिले चार हजारमा पनि अटाएको छैन । दिनदिनै ज्यामितीय गतिमा यो आकार बढिरहेको छ । यसलाई उचित व्यवस्थापन गर्न नसक्दा पार्टी एकताबाट पैदा भएको आम उत्साहमा चिसो पानी खन्याएको त छँदैछ समाजमा अहिले यही विषय हास्यको रुप लिएको छ । ‘गाउँ गाउँमा सीसीएम, घरघरमा डीसीएम’ को व्यङ्ग्यात्मक नारा बनिरहेको छ । विपक्षी राजनीतिक पार्टीको ‘पदलोलुपता’ को प्रहारको जवाफ दिन नसकी यसका नेता–कार्यकर्ता नाजवाफ भइरहेका छन् । माओवादी केन्द्र अहिले आफ्नो केन्द्रीय समितिको व्यवस्थापन गर्न नसक्दा हैरान परेसान बनिरहेको छ ।

पार्टी संगठनको यही जटिल समस्या समाधान गर्न केही समयदेखि यसका नेतागण गम्भीर आत्मचिन्तनमा लागिरहेका छन् । असोज ८ र १० गते सम्पन्न नेकपा (माओवादी केन्द्र) को सचिवालय बैठकले केही विषयमा समस्याको पहिचान गरी समाधानको बाटो पहिल्याउने जमर्को गरेको छ । यसले संगठनसम्बन्धी पैदा भएको जटिलतालाई व्यापक बहस, छलफल गरी समाधान गर्न राष्ट्रिय भेलाको आयोजना गरेको छ । कार्तिक ९–११ सम्म काठमाडौं राष्ट्रिय भेला ‘छरितो’ र ‘कामकाजी’ केन्द्रीय समिति बनाउने संकल्प गरेको छ ।

‘जंगलमा हिंड्दा बाटो जहाँबाट विराएको हो त्यहीं फर्कने’ भनाइअनुसार नै माओवादी केन्द्र विगतमा पार्टी एकता गर्दा जे–जस्तो सहमति गरिएका थिए त्यसैलाई नै कार्यान्वयन गर्दा कल्याण हुन्छ भन्नेमा विस्तारै आइपुगेको देखिन्छ ।

पार्टी एकता भएपछि यस क्रममा युद्धस्तरमा संगठन विस्तार र सुदृढ गर्ने सुनौलो मौका गुमायो । राष्ट्रिय भेला माओवादी केन्द्रका लागि स्थानीय निर्वाचन आयोजना छँदैछ । ठूलै अनिष्ट नभएमा देश स्थानीय निर्वाचनतिर लम्किरहेको छ । स्थानीय निर्वाचन गराउने जिम्मा पनि माओवादी केन्द्रकै नेतृत्वले प्राप्त गरेको छ । आफैले आयोजना गराउने चुनावमा यही संगठन लिएर जाँदा शर्मनाक पराजय बेहोर्ने सम्भावना छ । सचिवालय बैठकमा पार्टी अध्यक्ष एवम् प्र.मं. प्रचण्डले यसको उद्घोष समेत अप्रत्यक्ष रुपमा गरे । ‘अघिल्लो संविधानसभाको चुनावमा पूर्व एमाओवादीले सबै ठाउँ जितिन्छ मात्र रिपोर्ट दिन्थे । अहिलेको स्थानीय चुनावमा हारिन्छ मात्रै रिपोर्ट आएको छ । यो गम्भीर हो । अध्यक्ष प्रचण्डको ‘विगतमा जितिन्छ भन्दा हारियो, अहिले हारिने रिपोर्ट आउँदा जित्ने पनि हुनसक्छ’ भन्ने टिप्पणी रहेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

देशभित्र संविधान संशोधनमा बन्दै गएको आमसहमतिले क्रमशः देशमा सुखद् माहौल बनेको परिप्रेक्ष्यमा देश स्थानीय चुनावतिर मोडिएको छ । यस्तो बेला माओवादी केन्द्रको तयारी कमजोर र दयालाग्दो छ । संगठनात्मक समस्या यी सबैको केन्द्रमा रहेको छ । आगामी कार्तिकमा राष्ट्रिय भेलाले एकैपटक सांगठनिक समस्या हल गर्दै स्थानीय निर्वाचनको तयारी भेला गर्ने उद्घोष गरेको छ । माओवादी केन्द्रका लाखौं समर्थकहरुले यही चाहेका छन् । यसका लागि राष्ट्रिय भेलाको नतिजा कुर्नुपर्ने भएको छ । समयबद्ध

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com