चेकिङमा खटिएका ट्राफिक प्रहरीलाई मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते


प्रकाशित मिति : फाल्गुन २६, २०७४ शनिबार

फागुन २६, सुर्खेत– वीरेन्द्रनगर–७ कटकुवास्थित चेकिङमा खटिएका ट्राफिक प्रहरी मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका छन्।

तीन जना सवार भे ७ प ४६५४ को मोटरसाईलले ठक्कर दिँदा ट्राफिक प्रहरी जवान कुलबहादुर शाही घाइते भएका हुन्।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका शाहीलाई थप उपचारका लागि नेपालगञ्ज नरसिंह होम लगिएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ।

मोटरसाइकल चालक सुदीप थापासहित सवार लुइरे थापा र शिव बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com