चेकिङमा खटिएका ट्राफिक प्रहरीलाई मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते
प्रकाशित मिति : फाल्गुन २६, २०७४ शनिबार
फागुन २६, सुर्खेत– वीरेन्द्रनगर–७ कटकुवास्थित चेकिङमा खटिएका ट्राफिक प्रहरी मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका छन्।
तीन जना सवार भे ७ प ४६५४ को मोटरसाईलले ठक्कर दिँदा ट्राफिक प्रहरी जवान कुलबहादुर शाही घाइते भएका हुन्।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका शाहीलाई थप उपचारका लागि नेपालगञ्ज नरसिंह होम लगिएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ।
मोटरसाइकल चालक सुदीप थापासहित सवार लुइरे थापा र शिव बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]






