मन्त्रिपरिषद्को बैठकले रारा कर्णाली पर्यटन वर्ष २०७५, आयोजना गर्ने निर्णय


प्रकाशित मिति : फाल्गुन २६, २०७४ शनिबार

फागुन २६, सुर्खेत । कर्णाली प्रदेशको तेस्रो मन्त्रिपरिषद्को बैठकले रारा कर्णाली पर्यटन वर्ष २०७५ आयोजना गर्ने निर्णय गरेको छ । बैशाख १ गते आयोजना हुने पर्यटन वर्षको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने मन्त्रीपरिषदकी प्रवक्ता बिमला केसीले जानकारी दिइन् ।

पर्यटन प्रवर्धनका लागि आयोजना गर्न लागिएको उनले बताईन् । बैठकले पर्यटन वर्षको लागि १५ सदस्यीय मुल आयोजक समिति समेत चयन गरेको छ ।

जसमा प्रदेशको मुख्यमन्त्रीसहित अन्य ७ मन्त्री, प्रमुख सचिव १ जना र अन्य मन्त्रालयका सचिव ७ जना गरी १५ सदस्यीय समिति निर्माण गरेको हो ।

त्यस्तै बैठकले पर्यटन वर्षको व्यवस्थापन र सफल पार्नका लागि अन्य सात मन्त्रीको समिति बनाईएको छ । आर्थिक व्यवस्थापन समितिमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, खाद्यय तथा कोशेली व्यवस्थापनमा भूमि व्यवस्था तथा सहकारी मन्त्री विमला केसी, यातायात व्यवस्थापन खड्कबहादुर खत्री लगायतको जिम्मेवारी बाँटफाट गरिएको छ ।

दश निर्णय स्वीकृत
उक्त बैठकले १० निर्णय स्वीकृत समेत गरेको छ । प्रदेश सरकारको केही सार्वजनिक लिखत प्रमाणीकरणसम्बन्धी नियावली २०७४ को पहिलो संशोधन स्वीकृत गरेको छ । प्रदेशसरकारको कार्यसम्पादन नियमावली २०७४को पहिलो संशोधन पनि स्वीकृत लगायत अन्य नियमावली स्वीकृत गरेको छ ।

त्यस्तै बैठकले मन्त्रीपरिषद्को समितिहरु समेत तोकेको छ । जसमा राजनैतिक समितिमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला संयोजक, भूमि व्यवस्था तथा सहकारी मन्त्री विमला केसी सदस्य र भौतिक पूर्वाधार विकास मन्त्री खड्गबहादुर खत्री सदस्य रहेका छन् ।

प्रशासन तथा विधेयक समितिमा आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीको संयोजक्त्वमा सामाजिक विकास मन्त्री दल रावल सदस्य, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिं बुढा सदस्य रहेका छन् । आर्थिक, सामाजिक तथा पूर्वाधार समति समेत तय गरेको प्रवक्ता केसीले जानकारी दिइन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com