कुष्ठरोगीको संख्या घट्दो पाल्पामा


प्रकाशित मिति : फाल्गुन २३, २०७४ बुधबार

फागुन २३, रामपुर, पाल्पा । पाल्पा जिल्लामा यस आर्थिक वर्षमा १५ जना कुष्ठरोगका बिरामी फेला परेका छन्।

साउनयता पुरुष १० र महिला ५ गरी १५ जना कुष्ठरोगका बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिए। गत आवमा पुरुष १० र महिला ९ गरी जम्मा १९ जना कृष्ठरोगका बिरामी फेला परेका थिए। एक व्यक्तिबाट अर्को व्यक्तिमा ढिलो सर्ने हुँदा पनि यसको समयमा नै उपचार गरेमा रोग निको हुने उनको भनाइ छ।

जिल्लाका ६६ वटा स्वास्थ्य संस्थाबाट यसको निःशुल्क उपचार भइरहेको छ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com