भूकम्प पीडितले ऋण काँडेरै घर बनाउँदै


प्रकाशित मिति : फाल्गुन १८, २०७४ शुक्रबार

फागुन १८, ओखलढुंगा । ओखलढुंगाका भूकम्पपीडितले ऋण लिएर घर बनाउन थालेका छन् । सरकारले पहिलो किस्ता बापत उपलब्ध गराएको ५० हजार रुपैयाँले पुरानो घर भत्काएर नयाँको जग हाल्न नपुगेपछि ऋण लिनुपरेको पीडितको भनाइ छ ।

बाँकी किस्ताको आशामा ऋण काँडेर घरको जग हाल्न सुरु गरेका उनीहरुलाई घर सम्पन्न गर्दा ५ लाख बढी खर्च लागेको पीडितहरु बताउछन् । सरकारले दिने किस्ताबाहेक नै सहुलियत दरमा ऋण दिने कुरा सुनेको भए पनि गाँउघरमा बनेका घरहरुलाई ऋण दिने नदिने बेखबर रहेको उनीहरु बताउछन् ।
यस अघि सरकारले भुकम्प पीडितहरुको स्तर मूल्यांकन गरी सहुलियत दरमा ऋण उपलब्ध गराउने घोषणा गरेको थियो । तर उक्त निर्णय शहरका केही स्थानमा लागु भए पनि गाँउघरमा भने दिने नदिने अन्येल छ । सहुलियत ऋणका बिषयमा सञ्चारमाध्यमहरुमा खबर आईसकेका छन् । त्यसैलाई आधार मानेर भूकम्प पीडितहरु ऋणको आशामा बसिरहेका छन् । तर राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समिति ओखलढुंगाका कार्यकारी प्रमुख युवराज खरेल भने ऋण दिने बिषयमा कुनै आधिकारिक जानकारी नआएको बताउनु हुन्छ ।

ऋण काँडेरै घर बनाईसकेका भूकम्प पीडितहरुलाई सरकारले उपलब्ध गराउने सहुलियत ऋण पाएको खण्डमा महंगो ब्याजमा साहु काड्न नपर्ने बताउछन् । यस बिषयमा जिल्ला स्थित बैङ्कहरुलाई केन्द्रबाट आधिकारी निर्देशन आएको छैन । जस्ले गर्दा भूकम्प पीडितहरुलाई ऋण पाइने आशा र साहु काड्नु पर्ने बाध्यता उत्तिकै छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com